बैशाख २५, २०८१ मंगलबार

कोशीमा अर्को प्रपञ्चः सभाको अध्यक्षता गर्नेले पनि विश्वासको मत दिने तयारी !

विराटनगर । कोशी प्रदेशसभाको बैठक ३ बजे बस्ने भएको छ ।

कार्यव्यवस्था परामर्श समितीको बैठकले ३ बजे सभा बस्ने कार्यसूची तय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

उनले मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउने कार्यसूची समेत तय गरिएको बताए । सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरीले गर्ने छन् । स्रोतका अनुसार विश्वासको मतमा मन्सुरीलाई मतदात गराउने गठबन्धनले तयारी गरेको छ ।

अध्यक्षता गर्ने व्यक्तिले बराबर मत नभएको अवस्थामा मत हाल्न पाउने व्यवस्था कानूनमा छैन ।

मुख्यमन्त्री थापाले केहीबेरअघि सदन चलाएर विश्वासको मत लिने दाबी गरेका थिए ।

प्रकाशित मिति : भाद्र ४, २०८० सोमबार  २ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]