बैशाख २७, २०८१ बिहीबार

असंवैधानिकरुपमा विश्वासको मत लिएपछि मुख्यमन्त्री थापाले भने– अब अदालतले ब्याख्या गर्ला

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरुपमा सभाध्यक्षलाई प्रयोग गर्दै विश्वासको मत लिएका छन् । उनले प्रदेश सभाको औचित्य दर्शाउनका लागि यो निर्णय लिएको प्रतिक्रिया दिए ।

विश्वासको मत पाएको घोषणापछि मुख्यमन्त्री थजापाले भने, ‘प्रदेश सभा चाहिन्छ भनेर नै यो निर्णयमा पुगेको हो । यो निर्णयबिना अर्को विकल्प के छ ? प्रदेशलाई सरकारविहिनता राख्ने हो त ? गणित त्यस्तै थियो ।’

असंवैधानिक काम भएको विषयमा पत्रकारले प्रश्न गर्दा थापाले अब अदालतले निर्णय दिने बताए ।

उनले भने, ‘संविधानको र संसदको कुरामा फेरि पनि उहाँहरु अदालत जानुहुन्छ । सर्वोच्चले व्याख्या गर्ला ।’

प्रकाशित मिति : भाद्र ४, २०८० सोमबार  ६ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]