बैशाख २७, २०८१ बिहीबार

डिल्ली घिमिरेसहित ९ जना नेकपा एमालेको जिल्ला सदस्यमा मनोनित

बिर्तामोड । स्थानीय तहको निर्वाचनमा पार्टी विरुद्ध उम्मेदवारी दिएका डिल्ली घिमिरेलाई नेकपा एमालेले जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ ।

उनले ०७९ को स्थानीय तहको निर्वाचनमा मेचीनगरमा वागी उम्मेदवारी दिएका थिए । उपमेयरमा वागी उम्मेदवारी दिएका घिमिरेलाई पार्टी साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । उनले आफुबाट गल्ती भएको भन्दै पार्टीसँग क्षमायाचना गरेपछि कारबाही फुकुवा गरेर जिल्लामा मनोनित गरिएकोे हो । उनी सो समयमा जिल्लाको सचिवालय सदस्य र क्षेत्रीय संयोजक थिए ।

यस्तै, पार्टीको सचिवालय बैठकले गौरादह वडा नं. ७ मा वागी उम्मेदवारी दिएका बल बहादुर तामाङको पनि कारबाही फुकुवा गरेको छ । कारबाही फुकुवा गरेर जिल्ला कमिटीमा मनोनित गरिएको हो ।

बैठकले गत निर्वाचनमा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका नेताहरुलाई जिल्लामा मनोनित गरिएको सचिव शिव ढुङगेलले जानकारी दिए । उनका अनुसार कांग्रेस, माओवादी र जसपाबाट एमाले प्रवेश गर्ने ७ जनालाई जिल्ला सदस्यमा मनोनित गरिएको हो । मोहन कार्की, बलभद्र कोइराला, मिना कोइराला, पवन विष्ट, तुलसी निरौला, पुष्प गुरागाई र टेकेन्द्र चापागाईलाई जिल्ला कमिटी सदस्य मनोनित गरिएको ढुङगेलले जानकारी दिए । उनीहरुलाई पार्टीका पोलिटव्युरो सदस्य एवम् झापा जिल्ला इञ्चार्ज बिशाल भट्टराईले सपथ गराएका थिए ।

 

प्रकाशित मिति : भाद्र ५, २०८० मंगलबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]