बैशाख २७, २०८१ बिहीबार

नेकपा एमाले झापाले ‘वामपन्थी घर फर्क’ अभियान सञ्चालन गर्ने

बिर्तामोड । नेकपा एमाले झापाको सचिवालय बैठकले झापा जिल्लाको पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ । जिल्ला पार्टी कार्यालय बिर्तामोडमा मंगलवार बसेको बैठकले कार्ययोजना पारित गरेको हो ।

बैठकमा स्थानीय तहका निर्वाचित पदाधिकारी र सदस्यहरुका लागि आचारसंहिता जारी गरिएको छ । सोही बैठकमा पार्टीको वार्षिक लेखापरीक्षण समेत प्रतिवेदन प्रस्तुत थियो । पार्टीको केन्द्रीय सचिवालयद्वारा जारी अपानी ८ प्रस्तुत, पार्टी कार्यालयको लागि प्राप्त जग्गा र त्यहाँ निर्माण गरिने पार्टी कार्यालयका बारे छलफल गरेको बैठकले जिल्लाभर अलमलिएका बामपन्थी नेता कार्यकर्ताहरुलाई घर फर्क अभियान सञ्चालन गगर्ने निर्णय गरेको छ ।

लामो समय एमालेमा राजनीतिक जीवन विताएका तर, विभिन्न घटनाक्रमले अलग्गिएका नेताहरुलाई घर फर्काउने अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको हो । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीको अध्यक्षता एवम् पार्टीका पोलिटव्युरो सदस्य एवम् झापा इञ्चार्ज बिशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका सचिवालय सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी र सचिवालय सदस्यहरुको सहभागिता रहेको थियो ।

डिल्ली घिमिरेसहित ९ जना मनोनित

स्थानीय तहको निर्वाचनमा पार्टी विरुद्ध उम्मेदवारी दिएका डिल्ली घिमिरेलाई नेकपा एमालेले जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ ।

उनले ०७९ को स्थानीय तहको निर्वाचनमा मेचीनगरमा वागी उम्मेदवारी दिएका थिए । उपमेयरमा वागी उम्मेदवारी दिएका घिमिरेलाई पार्टी साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । उनले आफुबाट गल्ती भएको भन्दै पार्टीसँग क्षमायाचना गरेपछि कारबाही फुकुवा गरेर जिल्लामा मनोनित गरिएकोे हो । उनी सो समयमा जिल्लाको सचिवालय सदस्य र क्षेत्रीय संयोजक थिए ।

यस्तै, पार्टीको सचिवालय बैठकले गौरादह वडा नं. ७ मा वागी उम्मेदवारी दिएका बल बहादुर तामाङको पनि कारबाही फुकुवा गरेको छ । कारबाही फुकुवा गरेर जिल्ला कमिटीमा मनोनित गरिएको हो ।

बैठकले गत निर्वाचनमा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका नेताहरुलाई जिल्लामा मनोनित गरिएको सचिव शिव ढुङगेलले जानकारी दिए । उनका अनुसार कांग्रेस, माओवादी र जसपाबाट एमाले प्रवेश गर्ने ७ जनालाई जिल्ला सदस्यमा मनोनित गरिएको हो । मोहन कार्की, बलभद्र कोइराला, मिना कोइराला, पवन विष्ट, तुलसी निरौला, पुष्प गुरागाई र टेकेन्द्र चापागाईलाई जिल्ला कमिटी सदस्य मनोनित गरिएको ढुङगेलले जानकारी दिए । उनीहरुलाई पार्टीका पोलिटव्युरो सदस्य एवम् झापा जिल्ला इञ्चार्ज बिशाल भट्टराईले सपथ गराएका थिए ।

प्रकाशित मिति : भाद्र ५, २०८० मंगलबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]