बैशाख २७, २०८१ बिहीबार

राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक सिंहदरबारमा जारी

काठमाडौं । सुन प्रकरणमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउने बारे छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ ।

हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिका कारण स्थगित भएको थियो ।

बैठकले उच्चस्तरीय समितिको टीओआर बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई जिम्मेवारी दिएको थियो ।

सोमबार बिहान बसेको कार्यदलको बैठकले आयोगको ड्राफ्ट तयार पारेको थियो ।

उक्त कार्यदलले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति बनाउन सिफारिस गरेको बताइएको छ । त्यसलाई आजै टुंग्याएर संसद् खोल्ने तयारी छ ।

प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार  १२ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]