बैशाख २७, २०८१ बिहीबार

सदनमा एमालेले भन्यो– कोशीमा गठबन्धनले संविधानमाथि निर्घात आक्रमण ग¥यो

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कोशीमा सत्ता गठबन्धनले संविधानको ठाडो उल्लंघन गरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कोशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भएको बताए ।

उनले भने, ‘केही दिनअगाडि सभामुखलाई हस्ताक्षर गरेर सरकार बनाउने कामलाई अदालतले असंवैधानिक भन्यो । फेरि अहिले सभाध्यक्षमा बसेको व्यक्तिले निर्णायक भयो भनेमात्रै मत दिने हो । आफै सभामुखको कुर्सिमा बसेर आफैं मतदान गर्न जानु संविधानमाथिको ठाडो हस्तक्षेप हो ।’

उनले आफैँले बनाएको संविधान रक्षा गर्ने र अगाडि बढाउने दायित्व नभूल्न आग्रह गरे । कोशीको घटना नेपालको इतिहासमा निन्दनीय भएको उनको टिप्पणि थियो ।

प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार  ५ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]