बैशाख २७, २०८१ बिहीबार

सदन र सरकार सहमतिबाट चल्नुपर्छ : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सदन र सरकार सहमति र सहकार्यबाट चल्नुपर्ने बताउनुभएको छ । कोशी प्रदेशसभाको बैठक आज स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सहमति र सहकार्यको विकल्प नरहेको बताउनुभयो ।
जनताको चाहना र आवश्यकता पूरा गर्न सदन र सरकार आपसी सल्लाह, सहमति र सहकार्यबाट सञ्चालन गर्न प्रतिपक्ष दलका नेतालाई आग्रह पनि गर्नुभयो ।
सरकारले हालै विश्वासको मत लिने प्रक्रियालाई लिएर विपक्षी दल नेकपा (एमाले) सर्वोच्च अदालत जाने भन्ने विषयमा गरिएको प्रश्नमा उहाँले भन्नुभयो, “सर्वोच्च अदालतको जे फैसला आउँछ त्यसलाई शिरोधार्य गर्ने छु ।”
चालु आर्थिक वर्षका लागि अध्यादेशबाट आएको बजेट पास गराउन आफू सकारात्मक रहेको र यसका लागि प्रमुख प्रतिपक्ष दलको भूमिका पनि सकारात्मक हुनुपर्ने भन्दै मुख्यमन्त्री थापाले बजेट पास गराउने समय अझै पनि रहेकाले यसमा प्रतिपक्ष दलहरू गम्भीर हुुनुपर्ने प्रतिक्रिया दिनुभयो ।

प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार  ५ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]