बैशाख २७, २०८१ बिहीबार

नेकपा विप्लवको ६ महिने कार्ययोजना सार्वजनिक

बिर्तामोड । नेकपा विप्लव समूहले आगामी छ महिनाको कार्ययोजना सार्वजनिक गरेको छ । नेकपा विप्लव समूह झापाले बिर्तामोडमा बुधबार पत्रकार सम्मेलन गर्दै कार्ययोजना सार्वजनिक गरेको हो ।

नेकपा विप्लव समूहको बिर्तामोडमा सम्पन्न पूर्ण बैठकले आगामी छ महिनामा के कस्ता कामहरु गर्ने भनि निर्णय गरेको थियो । नेकपा विप्लवका मेची ब्यूरो इन्चार्ज सुमनसिंह सीले पत्रकारहरुलाई कार्यायोजना बारे जानकारी दिएका थिए ।

उनले आफ्नो पार्टीले मात्रै जनतालाई केन्द्रमा राखेर काम गरिरहेको दावी गर्दै तत्काल कुनै पनि किसिमको निर्वाचन भए पनि तयार रहेको बताए । उनले लघुबित्त, मिटरव्याजी र चर्को बैंक ब्याजदर विरुद्ध निरन्तर संघर्षमा लाग्ने बताएका थिए । उनले समाजका सबै किसिमका बेथितिहरु विरुद्ध संघर्ष गर्ने र थितिलाई स्थापित गर्ने बताए ।

पछिल्लो समय नेपालमा विचार बिहीन र लक्ष्य बिहीन शक्तिहरु मिसन ०८४ भन्दै सलबलाएको आरोप लगाउँदै मिसन ०८४ भन्दा पनि आज समाजमा विद्यमान बेथितिमा ति पार्टीहरुसँग केही धारणा र बिचार नभएको उनको आरोप थियो । उनले राजनीति बिचार र दृष्टिकोणबाट हुने बताउँदै रास्वपाको हल्ला मात्र भएको बताए । नेकपा बिप्लवले नेपाली समाजमा गाडिएर रहेको जातीय विभेदलाई अन्त्य गर्न सी जातिको आरम्भ गरेको बताए । समाजका सबै जाति मानिसले बनाएको हुनाले सी जातिमा सबैलाई समेटेर जाति रहित समाजको परिकल्पना गरेको उनको धारणा थियो ।

विप्लव समूहले छ महिनाभित्र सम्पन्न गर्न १३ वटा संघर्षहरु सार्वजनिक गरेको छ भने पार्टी र नेताहरुलाई आर्थिक रुपमा सवल बनाउन उद्योग र व्यवसायमा जोडिन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]