बैशाख २७, २०८१ बिहीबार

कोशी सरकारविरुद्धको रिट आजका लागि पेसी

काठमाडौँ – कोशी सरकारविरुद्ध परेको रिटमा आजका लागि पेसी तोकिएको छ । हिजो दर्ता भएको रिटमा सुनाइ गर्न सर्वोच्च अदालतले आजका लागि पेसी तोकिएको हो ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट दाएर गरेका थिए । मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिले समेत मत दिएको भन्दै एमालेले उक्त उक्त बदरको माग गर्दै सर्वोच्च गएको हो । एमाले सर्वोच्च गएसँगै थापा थापा नेतृत्वको सरकार फेरि संकटमा छ ।

यसअघि सभामुखको हस्ताक्षरबाट बहुमत पु¥याएका थापा नेतृत्वको सरकार साउन १० मा सर्वोच्चले ढलेको थियो ।

प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार  १२ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]