बैशाख २७, २०८१ बिहीबार

शनिवार दमकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शनिवार झापाको दमक आउने भएका छन् । दमकमा आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न दमक आउने कार्यक्रम तय भएको एमाले झापाका सचिव शिव ढुङगेलले जानकारी दिए ।

दमकस्थित कस्मिक पार्टी प्यालेसमा क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई पूर्व प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

दिउँसो १२ बजेबाट सुरु हुने कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्य , विभाग ,आयोगका सदस्यहरु, प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु जनसंगठनका जिल्ला कमिटी सदस्यभन्दा माथिल्ला कमिटी नेता कार्यकर्तालाई सहभागिताका लागि पार्टीले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : भाद्र ८, २०८० शुक्रबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]