बैशाख २७, २०८१ बिहीबार

माओवादी कोटाको सभापति राप्रपालाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वाधार विकास समितिको सभापति दिएका छन् । माओवादीले पाएको एउटा पूर्वाधार विकास समितिको नेतृत्व राप्रपालाई दिएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

सो समितिमा माधव सापकोटालाई पठाउने तयारी थियो। अहिले राप्रपाबाट मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाएको छ । गठबन्धनको आग्रहमा सापकोटा ब्याक भएर राप्रपाका सिंहको समर्थक बस्ने भएका छन् ।

गठबन्धनले कोशीमा कांग्रेसका मुख्यमन्त्रीको पद जोगाउनको लागि सापकोटालाई फिर्ता बोलाएको बताइन्छ ।

तर, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले समितिको सभापतिसँग कुनै कुनै लेनदेन नगरिएको दाबी गरे ।

प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार  १ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]