बैशाख २५, २०८१ मंगलबार

झापाका सम्पर्कविहीन डाक्टर कोइरालाको गाडी कोशीपारि भेटियो

बिर्तामोड । झापाको दमक नगरपालिका– १ घर भएका डाक्टर प्रज्वल कोइराला सम्पर्कविहीन भएका छन् । उनी हिजो आइतबार बेलुकादेखि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले बताएको छ ।

डाक्टर कोइरालाको प्रदेश १–४१६६ नम्बरको गाडी भने चतरा कोशी पुलपारि उदयपुर बेलाका ८ मा भेटिएको छ । उनले प्रयोग गर्ने मोबाइल जुत्ता र कपडा गाडीमा रहेको र गाडी लक नगरेको अवस्थामा रहेको स्थानीय प्रहरीले जनाएको छ । राति २ बजेदेखि उनको खाली गाडी रहिरहेको छ । डाक्टर कोइराला जनरल सर्जन हुन् ।

करिब तीन वर्ष लाइफलाइनमा काम गरेका डाक्टर कोइराला एक साताअघि मात्रै मङ्गलवारे हस्पिटल मोरङमा गएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ११, २०८० सोमबार  १२ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]