बैशाख २४, २०८१ सोमबार

राष्ट्रिय युवा संघ भद्रपुरको अध्यक्षमा दीपक बुढाथोकी

भद्रपुर । नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीको अध्यक्षमा दीपक बुढाथोकी निर्विरोध चयन भएका छन् ।

भद्रपुरमा आइतबार सम्पन्न युवा संघको दोस्रो नगर अधिवेशनबाट दुई बर्से कार्यकालका लागि बुढाथोकी अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् । संघ नगर उपाध्यक्षमा विवेक राजवंशी, सचिवमा पशुपति खतिवडा, सहसचिवमा विजय बराई, असीम घिमिरे र

कोषाध्यक्षमा सङ्गीता खतिवडा निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरूमा नम्रता कोइराला, जोन गुरुङ, समीर दाहाल, भास्कर लिम्बु (मेघराज), उत्तम राई, इन्द्रकुमारी लकान्द्री, रुपन सिवा, सिमन भुजेल, सुकुरमुनी हस्दा, प्रकाश लिम्बु, टिका मगर, पूजा लिम्बु, राजीव बराई, अरुणा राजवंशी, आयुस खनाल रहेका छन् ।

त्यसैगरी राजु पुरी, मिलन बरुवाल, मैजाबी खातुन, जुनिसा पौडेल, प्रकाश ओली, विवेक लम्साल, कुशल न्यौपाने, सन्जोग गिरी, भावना तामाङ, सन्तोष कार्की, ईसा मैनाली, निश्चल भट्टराई, सरोज नेपाल, दीपक बोहोरा र सृजना अधिकारी चयन भएका छन् । आदिवासी जनजातिबाट सदस्यमा विशाल लिम्बु र तुलाराम राजवंशी चयन भएका छन् । नगर अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षता, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यता, सचिव पर्वत भण्डारी, पार्टीका जिल्ला उपसचिव असारु राजवंशी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : भाद्र ११, २०८० सोमबार  ३ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]