बैशाख २४, २०८१ सोमबार

भद्रपुरमा वेवारिसे शिशुको उद्धार

बिर्तामोड । झापाको भद्रपुरमा वेवारिसे अवस्थामा एक शिशु फेला परेका छ । भद्रपुर–७ एमरेल्ड एकाडेमी छेउको झाडीमा शिशु फेला परेको स्थानीय डिल्लीराम पोखरेलले जानकारी दिए ।

आज साँझ फेला परेको शिशुलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । शिशु कसको हो ? भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले शिशु वेवारिसे अवस्थामा फेला परेपछि अस्पताल पुराएको छ । झापा प्रहरीका अनुसार शिशु स्वास्थ्य ठिक छ । आमा बुबाको खोजी पनि शुरु गरिएको छ ।

प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]