जेष्ठ ४, २०८२ शनिबार

एमसीसीले समाजवादी मोर्चामा खटपट– विप्लवको चेतावनीपछि धनगढीको पूर्वनिर्धारित सभा स्थगित

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) को विवादले समाजवादी मोर्चामा खटपट देखिएको छ । सोहीको नतिजास्वरूप मोर्चाको धनगढीमा आजका लागि तय सन्देशसभा स्थगित भएको छ ।

आज धनगढीमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीलगायतले सम्बोधन कार्यक्रम तय भएको थियो ।

आज एमसीसी कार्यान्वयनमा जाँदैछ । तर, एमसीसी कार्यान्वयनमा सरकार जाने भएपछि आफूहरू सँगै सभामा जान नसक्ने विप्लवले बताएपछि आजको सभा स्थगित भएको नेकपा नेता अनिल शर्माले बताए ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेट भएको थियो । विप्लवले सहकार्य तोड्नेसम्मको चेतावनी दिएको बताइएको छ ।

उनले  भने, ‘सरकार एमसीसीमा लागेपछि धनगढीको सभा स्थगित भयो । एमसिसी कर्यान्वयनमा जाने भएपछि हामीसँगै सभामा जान सक्दैनौं भनेपछि स्थगित भएको हो । मोर्चाको घोषणापत्रममा राष्ट्रिय स्वाधिनता र समाजवादको निम्ति सहकार्य गर्ने भन्ने छ ।’

राष्ट्रिय स्वाधिनताको कुरा छाडेर घोषणापत्रको मूल मर्मविपरीत अघि बढ्न खोजेपछि सँगै सभामा जान नसकिएको उनको भनाइ छ । तर, मोर्चाका अन्य दलका नेताहरूले भने शीर्ष नेताहरूको कार्यव्यस्थताले गर्दा बैठक स्थगित भएको दाबी गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : भाद्र १३, २०८० बुधबार  १२ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]