बैशाख २१, २०८१ शुक्रबार

कचनकवलमा सन्थाल समुदायको बिस खेला, नन्दिडाँडा प्रथम

बिर्तामोड । झापाको कचनकवलमा शनिवार ‘बिस खेला’ प्रतियोगिता सम्पन्न भएको छ । सन्थाल समुदायको विशेष पर्वको रुपमा रहेको बिस खेलामा विभिन्न सात समूहहरुले प्रतिष्पर्धा गरेका थिए ।

राष्ट्रिय युवा संघ नेपाल कचनकवल र सन्थाल समुदाय सितागढीको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा सन्थाल समुदायको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको युवा संघ कचनकवलका अध्यक्ष नवराज ढुङगानाले जानकारी दिए ।

प्रतियोगितात्मक रुपमा सञ्चालित बिस खेलामा नन्दिडाँडा सन्थाल समूह कचनकवल बिजेता बनेको छ । विजेता बनेको समूहले नगद १५ हजार सहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा दोस्रो बनेको बाँगाडाँगी सन्थाल समूहलाई नगद ८ हजारसहित पुरस्कृत गर्दै सहभागिहरुलाई प्रमाणपत्रसहित सान्तवना पुरस्कार प्रदान गरिएको मोती कोलले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य बसन्त बानियाँले सन्थाल समुदाय पूर्व नेपालकै गहना भएको बताएका छन् । उनले संस्कृति र रितिरिवाजले भरिपूर्ण रहेको समुदायको सबै धार्मिक पर्वहरुको जगेर्ना गर्नुपर्ने बताए । उनले सन्थाल समुदायको भाषा, धर्म, संस्कृति र परम्परा जोगाउदै सामाजिक एवम् आर्थिक रुपमा स्थापित गर्न जरुरी रहेको बताएका छन् । नेता बानियाँले नेपाली समाज बुहजाति, बहुभाषिक एवम् बहुधार्मिक रहेकाले सबै समुदायको संस्कृति जगेर्ना गर्ने दायित्व रहेको बताए ।

प्रकाशित मिति : भाद्र २४, २०८० आईतबार  १० : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]