जेष्ठ ७, २०८१ सोमबार

नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

काठमाडौं । नेकपा एमालेका सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गरेका छन् । उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरूको टोलीले श्रद्धाञ्जलि दिँदै तथा परिवारमा समवेदना व्यक्त गरेका हुन् ।

पार्टी उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाउनुभएको समवेदना पत्र पढेर सुनाएको सांसद दीपा शर्माले जानकारी दिइन् ।

समवेदना दिन एमालेका सबै सांसद गएका थिए । नेम्वाङको गत सोमबार हृदयघातका कारण निधन भएको थियो ।

प्रकाशित मिति : भाद्र ३०, २०८० शनिबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]