जेष्ठ ६, २०८१ आईतबार

ओलीले यसरी सम्झिए संविधान निर्माणमा सुवासको योगदान

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।

अध्यक्ष ओलीले देश गम्भीर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले धेरै प्रकारका खतराहरूबाट देश जेलिएको जिकिर गरे । त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरुको कर्तव्य भएको उनको प्रष्टोक्ति थियो ।

ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद् अवस्था आएकाले उहाँको स्मरणमा आफ्नो पार्टीले ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताए ।

ओलीले भने, ‘हामी संविधान दिवस पनि मनाइरहेका छौं । र, जुन संविधान बनाउँदा संविधान बनाउने संविधान सभाको अध्यक्ष सुवासचन्द्र नेम्वाङजी हुनुहुन्छ । यसपल्ट दुखद् कुरा हो । यस अगाडिका संविधान दिवसहरू हामी उहाँको उपस्थितिमा मनाइरहेका थियौं । यसपल्ट उहाँको उपस्थिति नभएर सुवास नेम्वाङ र संविधान भनेर संविधानमा सुवास नेम्वाङको पदचिन्ह के छ, उहाँको कन्ट्रिव्युसन के छ ? उहाँका चिन्हहरू के छ ? उहाँले दिनुभएको दिशा निर्देश, गोरेटको के छ ? उहाँका योगदानका पत्रहरु के छन् ? ती विषयहरुमा हामी छलफल गर्छौं, गरिरहेका छौं ।’

‘प्रमुख राजनीतिक दलहरु जिम्मा, जमानी बसेर धेरै आन्दोलन भएका छन । जिम्मा, जमानी बसेर धेरै बलिदान भएको छ । जिम्मा, जमानी बसेर धेरैका घरबार, परिवार उजाड भएका छन । प्रमुख राजनीतिक दलहरुको आह्वानमा धेरैले जीवन आहूति गरेका छन् । धेरैको क्षति भएको छ । धेरै ठूलो हिसाव गर्न नसकिने क्षति हामीले व्यहोरेर यो ठाउँमा आइपुगेका छौं । यी आजको उपलब्धिहरु जे छन् । यी यतिकै होइन आकाशबाट आएका होइनन् । यी बलिदानसँग, जीवनसँग, रगत र पसिनासँग, आँशु, कठिनाईहरुसँग जुधेर यहाँ ल्याई पु¥याएका छौं । यसलाई गुम्न दिन सकिँदैन, यसलाई गुम्न दिन हुँदैन । अब शब्द खेलाएर केही पनि हुँदैन । साँच्चै देशका प्रति, प्रमुख राजनीतिक दलहरु जिम्मेवार हुनुपर्छ’, ओलीले थपे ।

संविधान निर्माणको अगुवाइमा नेम्वाङको योगदानको सम्मान र प्रशंसा गर्दै ओलीले समृद्ध नेपालः सुखी नेपालको गन्तव्यमा मुलुकलाई पु¥याई छोड्न एमाले प्रतिवद्ध रहेको बताए ।

अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने दृढतासमेत व्यक्त गरे ।

प्रकाशित मिति : आश्विन २, २०८० मंगलबार  ६ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]