बैशाख २१, २०८१ शुक्रबार

लक्ष्मी मावि भित्रको वेथिती

प्रदीप परियार

विधालय शिक्षाको मन्दिर हो । हतपत्त त्यसमा कसैले औंला उठाउने प्रयास गर्दैन । तर, मन्दिरको नाममा राक्षसी व्यवहार प्रकट बढ्दै गएपछि त्यहाँ औंला मात्र होइन, हात उठाउन पनि पछि हट्नु हुदैन । यस्तै भइरहेको छ, वर्षौदेखि अर्जुनधाराको लक्ष्मी माविमा । चरम वेथिती र विवादले विधालय विस्तारै नोक्सान हुदैछ । तर, विधालयको भवनमा रंङरोघन गरेर आम सरोकारवालाको आँखामा सुन्दरता देखाएर वेथिती लुकाउने काम भइरहेको छ । जब, विरेन्द्र प्रसाद गुप्ता विधालयमा प्रवेश गरे तव विधालयमा वेथिती पनि शुरु भयो । शिक्षा क्षेत्रमा गुप्ता एउटा ‘भाइरस’ हुन् । जहाँ उनी पुग्छन्, त्यहाँ विवाद र समस्या हुन्छ । झापाको ४ वटा विधालयमा काम गरेर लक्ष्मी मावि पुगेका उनको विगत प्रसंशा गर्न योग्य छैन । जहाँ पनि अत्याचार गर्न खोज्ने गुप्ता हतपत्त टिक्दैनन् । विधालयमा अहिले चरम विवाद छ, जो उनै प्रधााध्यापक गुप्ताले निम्त्याएका हुन् । उनले गरेका गलत काम लामो छ । संक्षेपमा यहाँ केहि घटना राख्न चहान्छु ।

यो वर्षको कक्षा १२ को परीक्षा तयारी हुँदै थियो । अभिभावकले नै सहायक प्रधानाध्यापक घनश्याम डाँगी बाहिर बसेर परीक्षा लेख्दैछन् भन्ने सूचना पाए । त्यो सूचना विधालयभित्र बाटै बाहिर चुहिएको थियो । गत वर्ष पनि बाहिर बसेर परीक्षा लेखेका डाँगीलाई यो पटक गैर कानुनी रुपमा परीक्षा दिन रोक्ने तयारी थियो । परीक्षा कै दिन डाँगी विहानै विधालय पुगेका थिए । यसपाली उनलाई परीक्षामा केहि जिम्मेवारी थिएन । तर, पनि उनी विहानै विधालय पुगे । प्रश्नपत्र र उत्तरपुस्तिका लिन पुगेको सबैले अनुमान लगाए । त्यसपछि घरमा आए । बस्दै गरेको डेरामा परीक्षा लख्ने तयारी भएपछि जिल्ला प्रशासन कार्यलयको टोली विधालयमा आइपुग्यो । त्यो सूचना डाँगीले तत्कालै पाए । र, परीक्षामा उपस्थित नभएको जानकारी गराइयो । गत वर्षका प्रथम विधार्थीले यो पटक परीक्षा नलेख्ने कुरा आश्चर्यको विषय हो । पछि आलटाल गर्न तयारी नभएकाले परीक्षा नलेखेको भनियो । त्यो कुरा कसैले विश्वास गरेनन् । गत वर्षको परीक्षाको सन्दर्भमा तत्कालिन ८ जना निरिक्षकले भनेको कुरा भिडियो नै सुरक्षित राखिएको छ ।

केहि वर्ष अगाडि विधालयमा पुराण लाग्यो । त्यो समय विधालयमा पुराण लगाउने फेसन नै थियो । उनले पनि लगाए । तर, पुराणमा उनले अनियमिता गरेको आरोप लाग्यो । पुराणमा संकलन भएको रकम विधालयको खातामा नराखेर उनले आफै आफ्नै खातामा राखेको सार्वजनिक भयो । लाखौं रुपैयाँ उनले विधालयको खातामा राखेका थिएनन् । उनको मानसिकता अनियमिता गर्ने गरिकै छ । त्यो बेला पनि सञ्चार माध्यममा उनको गतिविधि सार्वजनिक भएको थियो ।

पछि अख्तियारले विधालयको हिसाव खोज्यो । सुन्नमा, उनले क्लिन चिट ल्याएका छन् । लामो समय पछि अख्तियारले क्लिन चिट दिएको भन्ने सुनियो । अख्तियार कै कर्मचारीले भ्रष्टचार गरेको सार्वजनिक भइरहँदा त्यहाँ क्लिन चिट ल्याउन कुनै पनि भ्रष्टाचारीलाई गाह्रो हुदैन । पुराण त लाग्यो । तर, गुप्ताले हिसाव पारदर्शी देखाउन सकेनन् । उनलाई पुराणमा सहयोग गर्छु भन्ने दाता पनि पछि हटे । धेरैले बोलेको रकम दिएनन् । किनभने, कसैले गुप्ताको विश्वास गरेनन् ।

अर्को, चिया मजदुरको छोरालाई विधालयमा विरामी हुँदा जाँडरक्सी खाएर आएको भन्दै गुप्ताले बद्नाम गराउने प्रयास गरेको घटना छ । विरेन्द्र प्रसाद गुप्तालाई सो विधालयमा आएपछि गुप्ता बेठिक मान्छे हो, बेक्कार ल्याउनु भयो भन्ने अभिभावकको छोरालाई जाँड खाएको आरोप लगाएर गुप्ताले अभिभावकको बद्नाम गराउने प्रयास गरेका थिए । फुड पोइजन भएर कक्षा कोठामा अलस्तलस भएका विधार्थीलाई उपचारमा लैजानु पर्नेमा उल्टै बद्नाम गराउने खोजे । ति विधार्थीका अभिभावकले विधालयमा खवरदारी गरेको गुप्तालाई मन पर्दैन थियो । ति विधार्थी विरामी भएको परिवारले थाहा नपाएको भए जे पनि हुन सक्थ्यो ।

घटना, अनेकौ छन् । त्यसमध्ये केहिको मात्र चर्चा गरौं । विधालयलाई गुप्ताले आफ्नो पुर्खाले दिएको सम्पत्ति जस्तो गर्छन् । जहाँ श्रीमति र छोराको पनि हाली मुहाली छ । शिक्षक कर्मचारीमा चरम विभेद गरेका छन् । गुप्ताको अत्याचार सहनेहरु सबै उनका प्रिय छन् । अर्थात, काँध हालेका छन् । लोभीहरु गुप्ताको फेर समातेर दौडिरहेका छन् । जम्मा पाउने भनेको गुप्ताको मिठाई मात्र हो । बाँकी लाभ गुप्ता र सहायक हेडमास्टर घनश्याम डाँगीले नै लिने हो ।

अहिले पनि गुप्ता जीले पैसा नदिएका शिक्षकको फोन आउँछ । सर, हाम्रो पैसा उठाइदिनु प¥यो भन्दै । गुप्ता भन्दा योग्य शिक्षकहरु त्यहाँबाट अमानित भएर निस्केका छन् । उनको अत्याचार नसहनेहरु छिट्टै निस्कन्छन् । मह काढिरहने प्रधानाध्यापकको हात चाट्नेहरु भने उनैको जयजयकार गरिरहन्छन् ।

विधालयमा व्यवस्थापन समिति छैन । व्यवस्थापन समिति हुँदा पनि एम ओली जत्तिका मान्छे अध्यक्ष भए मात्र त्यहाँ व्यवस्थापन समिति बन्न सक्छ । नत्र, गुप्ता जीले अन्य कसैलाई घुमाउन सक्दैनन् । ओली अध्यक्ष हुँदा पनि विधालयको हविगत सबैले देखेकै हो । उनले पनि विधालयमा गुप्ताको वरिपरि घुम्ने बाहेक केहि काम गरेको देखिएको छैन । पछिल्लो समय व्यवस्थापन समिति बनाउने तयारी देखाईयो । तर, त्यो पनि सफल भएन । किनभने, गुप्ता जी ले अध्यक्षमा तयारी गरेको मान्छे अध्यक्ष नहुने छाँटकाट देखियो । त्यसपछि गुप्ता जीले विधालयमा व्यवस्थापन समिति बनाउने च्याप्टर नै बन्द गरिदिए ।

बोर्डिङको सञ्चालकको छोरी विधालयमा भर्ना गराएको देखाएर उनैलाई अध्यक्ष बनाउने प्रधानाध्यापकको तयारी थियो । विधार्थी चाँही बोर्डिङमा गएको अन्य अभिभावकले देखेपछि त्यो योजना पनि विफल भयो । त्यसमा अर्जुनधारा नगरपालिकाको शिक्षा शाखाको पनि संलग्नता छ । जताजता, गुप्ताले गुलियो हात दिन्छन्, त्यहाँबाट उनलाई राम्रै सहयोग मिल्ने गरेको छ ।

अर्को, गत वर्ष एक्कासी माथिल्लो कक्षाको अंग्रेजी माध्यम हटाइदिए । त्यो अभिभावकको सल्लाहमा हटाइएको थिएन । नीजि स्कुल मर्कामा पर्ने भएपछि अंग्रेजी माध्यम हटाइएको थियो । यो वर्ष विधालयमा अंग्रेजी माध्यम नै हटाइएको छ । त्यसले आम अभिभावकका छोराछोरीलाई नोक्सान पुगेको छ । प्रधानाध्यापकको छोराका लागि अंग्रेजी शुरु गरेका थिए । अहिले उनको छोरा विधालयबाट विदा भएका छन् । त्यसपछि सबै कक्षाको अंग्रेजी हटाइयो । विधालयमा यो भन्दा हद् गर्ने ठाउँ छैन ।

जुन शिक्षकले गुप्ताको अत्याचार सहदैन , त्यसलाई तुरुन्तै हटाइन्छ । दर्जनौ शिक्षक त्यसरी निकालिएका छन् । अहिले पनि अंग्रेजी कक्षाका शिक्षक हटाइसकिएको छ । त्यो गुप्ताको एकल निर्णयले गरेको हो । विधालय सार्वजनिक निकाय हो । तर, गुप्ताले आफ्नो नीजि सम्पत्ति जस्तै गरी राज चलाइरहेका छन् । विधालय भित्र शिक्षकमाथि यति विभेद् छ कि, बाहिर बोल्न सक्नेहरु गुप्ताको नजिक कोहि बोल्न सक्दैनन् ।

विधालयमा वेथिती छ । विधालय विग्रिसक्यो । विधार्थीको नतिजा राम्रो छैन । शिक्षकमा चरम विभेद् छ । योग्यता भएकाहरु पनि अपमानित हुनु परेको छ । भवनको लागि आएको बजेट दुरुपयोग भइसक्यो । भवन बनेको छैन । भवन मापदण्ड विपरित बन्दै छ । काम गर्ने कर्मचारीको श्रम अनुसारको पारिश्रमिक छैन । सिसि क्यामेराको दुरुपयोग भइरहेको छ । समस्या धेरै छन् । तर, खवरदारी गर्ने कोहि छैन । अहिले विधालयको वेथिती विरुद्ध संघर्ष समिति बनेको छ । यो विधालय सुधार गर्ने अवसर पनि हो ।

केहि दिनयता, प्रेस विज्ञप्ति धमाधम प्रकाशित गरिराखिएको छ । आफुलाई पखाल्न सकिन्छ कि भन्ने प्रयास मात्र हो , यो । तर, आम अभिभावकका लागि योे विज्ञप्ति केहि होइन । विज्ञप्ति छापेर गुप्ता जी ले आफ्नो कुनै कर्तुत लुकाउन सक्ने छैनन् । गल्तीहरु लुकाउने यो प्रयास लज्जास्पद् छ । विधालयको बजेटबाट जुन विज्ञापनबाजी गरिरहेका छन्, यो बजेटको दुरुपयोग हो । नेपाली कांग्रेस र पूर्वअध्यक्ष एम ओलीको विज्ञप्ति हेरे । दुवै विज्ञप्तिको तुक छैन । गुप्ता जी लाई बचाउँन गरिएको प्रयास कालान्तरमा पश्चाप मात्र हुनेछ ।

गुप्ता जी हात चाट्ने सञ्चारकर्मी पनि छन् । जसले विधालयको वेथिती बारे बोल्न सक्दैनन् । गुप्ताले केहि ठाउँमा भन्ने गरेका थिए, झापाका कुनै पत्रकारले मेरो विरुद्ध लेख्न सक्दैनन् । विधालय पुरानो तस्वीर हेरौं, भेटिन्छ भने । गोठबाट उठेको विधालय यो तहसम्म आउनुमा अभिभावक, चन्दादाता,जग्गादाता र स्थानीय अगुवाको ठुलो योगदान छ । विरेन्द्र प्रसाद गुप्ता प्रबृत्तिका मानिस यहि समाजमा बढिरहेका छन् । यो नेपाली समाजको लागि हानीकारक छ । विधालयमा भइरहेको वेथिती सुधार गर्न गुप्ता र डाँगीलाई सजाय दिनै पर्छ । विधालयमा मनपरी गर्ने छुट छैन । आफ्नो श्रीमतिलाई पनि गुप्ताले विधालयमा जागिरे बनाइसकेका छन् । अब, पनि विधालयमा अभिभावकले आँखा बन्द गरेर बसे भने, बोल्ने मुख बन्द गरे भने, कालान्तरमा पश्चाताप भन्दा बाँकी केहि रहने छैन । विधालयको भविष्य अभिभावकको हातमा छ ।

प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]