बैशाख २५, २०८१ मंगलबार

चाँद र बिएसके सेमीफाइनल प्रवेश

मानेभञ्ज्याङ । सातौ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा चाँद एफसी तीनधारिया र बिएसके जलपाइगुडी सेमीफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा चाँदले जर्जियन एफसी कालेम्पोङ र दोश्रो क्वाटरफाइनलमा जलपाइगुडीले दलसिङपाडा स्पोर्टस एकाडेमीलाई हराएको हो । पहिलो खेलमा चाँदले ४–२ गोल अन्तरले अन्तिम ४ मा स्थान बनाएको छ । प्रतियोगितामा सुरुवाती अग्रता जर्जियनले बनाएको थियो । कुन्जमान थापाले तेश्रो मिनेटमा नै गोल गरेका थिए । २३ औ मिनेटमा सिद्धान्त क्षेत्रीले खेल बराबरीमा ल्याए । खेलको ४८ औ मिनेटमा कुन्जमानले व्यक्तिगत दोश्रो गोल गर्दै जर्जियनलाई अग्रता दिलाए ।

विरेन प्रधानले ५५ र भाइचुङ राईले ६५ औ मिनेटमा गोल गरेपछि ४-२ गोल अन्तरको जितका साथ चाँदले सेमीफाइनलमा स्थान बनाउन सफल रहयो । त्यसैगरी दोश्रो क्वाटरफाइनल खेलमा दलसिङपाडा स्पोर्टस एकाडेमीलाई सडनडेथमा हराउँदै बिएसकले अन्तिम ४ मा स्थान बनाएको हो ।

निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएपछि निर्णयक लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमा धकेलिएको खेलमा जलपाइगुडीले जित निकालेको हो । मेसुके ओलमाउले १५ औ मिनेटमा गोल गर्दै जलपाइगुडीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३० औ मिनेटमा मेसुकेले व्यक्तिगत दोश्रो गोल गरे । कप्तान हेमराज भुजेलले ३६ र सुजल मुण्डा (पोग्वा) ले ५४ औ मिनेटमा गोल गरेपछि दलसिंङपाडा खेलमा फर्किएको थियो । सडनडेथमा दलसिंङपाडा भाग्यमानी सावित हुन सकेन् । प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा सिरिजंघा स्पोर्टिङ क्लब भद्रपुरले कञ्चनजंघा एफसी सिलिगुडीको सामना गर्नेछ ।

सिरिजंघाले मोहम्मडन एथ्लेटिक कोलकत्ता र कञ्चनजंघाले हिमालयन शेर्पा काठमाण्डौलाई हराउँदै अन्तिम ८ मा स्थान बनाँएका थिए । प्रतियोगितामा नेपालका ५ र भारतका ११ क्लबको सहभागिता छ । प्रतियोगिताको बिजेताले ८ लाख रुपैया (५ लाख भारु) तथा उपविजेताले ४ लाख (२ लाख ५० हजार भारु) पाउने छन् । फाइनल खेल अक्टोबर १५ तारिक हुनेछ ।

प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]