बैशाख २५, २०८१ मंगलबार

बिर्तामोड ६ क्वाटरफाइनलमा प्रवेश

बिर्तामोड । बिर्तामोड वडा नम्बर ६ जारी चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा आज भएको खेलमा बिर्तामोड वडा नम्बर ९ लाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड–६ क्वाटरफाइनलमा प्रवेश हो ।

बिर्तामोड–६ का लागि नरेश तामाङको प्रहार गोलमा परिणत भएको थियो । ४१ औं मिनेटमा उनले गरेको प्रहार डि एरिया भित्र रहेका बिर्तामोड–९ का खेलाडीलाई टच गर्दै ‘अन गोल’ भएको थियो । निर्धारीत ७० मिनेटको खेलको पहिलो हाफमा भने दुवै टोलिले गोल गर्न सकेन्न । दोस्रो हाफको सुरुवाती ६ मिनेटमा अग्रता बनाएको बिर्तामोड–६ ले खेलमा थप गोल गर्न भने सकेन् ।

खेलको ५८ औं मिनेटमा रेडकार्ड पाएपछि बिर्तामोड–९ का टिम कप्तान राम मणी मैदान बाहिरिएका थिए । दोहोर पहेलो कार्ड पाएका उनले ५८ औं मिनेटमा विपक्षी गोल किप्परलाई फल्ड गरेका थिए । उनले खेलको ४५ औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए । १० खेलाडीमा समेटीएको बिर्तामोड ९ ले सुधारीएको प्रदर्शन गरेपछि थप गोल खानबाट भने बचेको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड ६ का सिदार्थ अधिकारीे ‘म्यान अफ दि म्याच’ चुनीए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटी र आयोजक समितिका अध्यक्ष विकास गिरीले पुरस्कार प्रदान गरेका थिए ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छ । प्रतियोगितामा भोलि बिर्तामोड वडा नम्बर ५ र वडा नम्बर ७ बिच खेल हुने आयोजक समितिका सचिव बिशन लिम्बूले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल कात्तिक २ गते हुने छ ।

प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]