बैशाख २५, २०८१ मंगलबार

मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि जलपाइगुडी र आर्मी भिड्ने

मानेभञ्ज्याङ । सातौ मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्जिलिङ भिड्ने भएका छन् । आज सम्पन्न दोश्रो सेमीफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २–१ गोल अन्तरले हराउँदै आर्र्मीले बिएसकेसंगको भेट पक्का गरेको हो । आर्मीको जितमा वाङदेन तामाङ नायक घोषित भए ।

उनले आर्मीका लागि २ गोल गरे । ३६ औ मिनेटमा पहिलो गोल गरेका उनले ४१ औ मिनेटमा अग्रता दोब्बर बनाए । चाँदका लागि प्रविक तामाङले ५६ औ मिनेटमा सान्तवना गोल फर्काए । जितसंगै आर्मीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) सुरक्षित गरेको छ । जलपाइगुडीले बुधबार भएको पहिलो सेमीफाइनलमा कञ्चनजंघा एफसी सिलिगुडी माथि ७–२ गोल अन्तरको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।

आगामी अक्टोबर १५ (असोज २८) मा हुने फाइनल खेलको बिजेताले ८ लाख (५ लाख भारु) र उपविजेताले ४ लाख (२ लाख ५० हजार भारु) पाउने छन् । अक्टोबर २ बाट सुरु भएको प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार  ६ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]