कृषिलाई आधुनिक प्रविधियुक्त बनाउनपर्छ : ओली
गौरादह । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले परम्परागत खेती प्रणालीमा सुधार गरि कृषिलाई आधुनिक प्रविधियुक्त बनाउनपर्ने बताएका छन् । उनले खेतीयोग्य उर्भर भुमिलाई प्रविधिको प्रयोग गरि उत्पादन बढाए कृषकको जिवनस्तर बढ्ने बताए ।
मंगलवार गौरादह कृषि क्याम्पसको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले मुलुकको उत्पादकत्वमा वृद्धि गरि कृषि उपजको आयात न्यूनिकरण गरिनुपर्ने धारणा राखे । अध्यक्ष ओलीले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा स्थानीय सरकारले समेत सहयोग गर्ने उल्लेख गरे । उनले निर्वाहमुखी खेति प्रणालीका कारण कृषकले धेरै दुख कष्ट भोग्नुपरेको र अब त्यसलाई परिस्कृत गरिदै लैजानुपर्ने बताए ।
स्थानीय नेताहरुले भेटेनरी अस्पताल, इन्जिनियरिङ कलेजको आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले कृषि अध्ययन गरि मुलुक कै कृषि क्षेत्रको विकासमा लाग्न सुझाव दिए । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले स्वागत गरेको कार्यक्रमको सभापतित्व कृषि तथा पशु विज्ञान अध्ययन संस्थाका डिन भार्गव धितालले गरेका थिए ।