बैशाख २२, २०८१ शनिबार

गौरादहको जुवाखालबाट १५ जना प्रहरी नियन्त्रणमा

बिर्तामोड । ईलाका प्रहरी कार्यालय दमकले जुवा खेलिरहेको अवस्थामा नगद र १५ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

आज विहान ३ बजे प्रहरीले झापा गौरादह –३ बस्ने युवराज खड्काको घरमा जुवाजन्य खेल खेलिरहेको विशेष सूचनाको आधारमा दमक प्रहरी र गौरादहबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा जुवाको खालबाट नगद १ लाख ३५ हजार ९ सय २० रुपैयाँ, १६ थान कौडा, ३ बुक ताससहित १५ जनालाई नियन्त्रणमा लिइएको छ । थप अनुसन्धानका लागि ईप्रका दमकमा ल्याई राखिएको बताइएको छ ।

प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]