बैशाख १४, २०८१ शुक्रबार

ए डिभिजन लिग : मच्छिन्द्रकाे विजयी सुरुवात

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेकाे छ । 

यो सिजनको लिगका लागि नौ जना राष्ट्रिय खेलाडी भित्र्याएको मच्छिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई दुई-शून्यले हरायो । दशरथ रंगशाला हिलाम्ये भएपछि अन्तिम समयमा सातदोबाटोस्थित एन्फा मैदानमा सारिएको खेलमा मच्छिन्द्रको जितमा योगेश गुरुङ र दिपक राईले एक-एक गोल गरे ।

राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेकाे अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्वाइजविरुद्ध खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो । मच्छिन्द्रका लागि योगेश गुरुङले  पहिलाे गोल गरे ।

राष्ट्रिय टिमका पूर्व खेलाडी योगेश लिगका लागि मच्छिन्द्रमा अनुबन्ध भएका हुन् । त्यसपछि अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्याइजले गोल फर्काउन सकेन र मच्छिन्द्र पहिलो हाफमा एक गोलले अगाडि रह्यो ।

दोस्रो हाफमा पनि मच्छिन्द्र ब्रिगेड ब्वाइजविरुद्ध हावी नै भयो । खेलको ५० औं मिनेटमा मच्छिन्द्रले अन्तर दुई-शून्यमा पुर्यायो । यसपटक उसका लागि दिपक राईले गोल गरे । विजय धिमालको पासको सदुपयोग गर्दै उनले गोल गर्न सफल भए ।

तर त्यसपछि ब्रिगेड ब्वाइज खेलमा फर्कन सकेन र पहिलो खेलमा नै हारको सामना गर्‍याे ।

जितसँगै मच्छिन्द्रले पहिलो तीन अंक जोडेको छ । प्रतियोगितामा आइतबार कुनै खेल हुनेछैनन् ।

प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]