जेष्ठ १, २०८२ बुधबार

चिवाभन्ज्याङको जंगे पिलरमा ओलीले फहराए राष्ट्रिय झण्डा

पाँचथर । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पाँचथरको चिवाभन्ज्याङ पुगेका छन्। बैतडीको झुलालघाटबाट सुरु भएको एमालेको संकल्प यात्राको अन्तिम दिन ओली चिवाभन्ज्याङ पुगेर जंगे पिलरमा चन्द्र सूर्य फहराएका हुन् ।

एमालेको संकल्प यात्रा आज समापन हुँदैछ। यसअघि एमाले नेता कार्यकर्ताहरुले चिवाभन्ज्याङको जंगे पिलरमा झण्डा फहराएका थिए ।

मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा नेताहरु खटाएका छन् ।

टोलीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली छ ।

प्रकाशित मिति : पुष १, २०८० आईतबार  १ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]