बैशाख २६, २०८१ बुधबार

मुक्ति समाजका नेता पोर्तेल नवराज शंकर स्मृति युवा प्रोत्साहन पुरस्कारबाट पुरस्कृत

विराटनगर । नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व मोरङका खेम नेपाली र झापाका सोमनाथ पोर्तेल पुरस्कृत भएका छन् ।

बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले दुई व्यक्तित्वलाई पुरस्कृत गरेको हो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगद सहित नेपालीलाई भद्रमान घले स्मृति सम्मान पुरस्कार र पोर्तेललाई नवराज शंकर स्मृति युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार नेकपा एमालेका महासचिव शंकर पोखरेल, मुक्ति समाज केन्द्रीय कमिटी अध्यक्ष मनोहर विश्वकर्मा पौडेल कोशी प्रदेश अध्यक्ष उमेश विश्वकर्मा, नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, कोशी प्रदेशका पूर्व मुख्यमंत्री हिक्मत कार्की, नेकपा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, पूर्व केन्द्रीय सदस्य विनोद ढकाल, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल लगायतले हस्तान्तरण गरेका थिए ।

पुरस्कृत अभियन्ता नेपाली मुक्ति समाज केन्द्रीय कमिटीका महासचिव र पोर्तेल सचिव एवम् जिसस झापाका पूर्व प्रमुख हुन् । मुक्ति समाजको स्थापना दिवसको अवसर पारेर केन्द्रीय कमिटीलाई आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश कमिटीले स्थापित गरेको सो पुरस्कार वितरण गरिएको हो ।

प्रकाशित मिति : पुष ३, २०८० मंगलबार  ७ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]