जेष्ठ २, २०८१ बुधबार

शिवसताक्षीको कीर्ते घर नक्शा प्रकरण : समस्या समाधानका लागि अर्को उच्चस्तरीय समिति गठन

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा घर नक्सा सम्बन्धी समस्याका समाधानका लागि अर्को उच्चस्तरीय समिति गठन भएको छ । यस अघि गठन भएको छानबिन समितिले शुक्रबार भएको नगरकार्यापालिका बैठकमा आफ्नो प्रतिवेदन बुझाएको थियो ।

छानविन समितिले बुझाएको प्रतिवेदनमा पूर्ण रुपमा तथ्यांक नआएको र हालसम्म पनि समस्या भएका फाइल नगरपालिकामा आएकाले थप तथ्य प्रमाण जुटाउन उपप्रमुख नरमाया कार्कीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

समितिका सदस्यमा वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्की, वडा नं. १० का वडाध्यक्ष हर्क सिगु, कार्यपालिका सदस्य यशोदा विमली र नगरपालिका प्रशासन प्रमुख डिल्ली नेपाल रहेका छन् ।

शिवसताक्षी नगरपालिकामा घर नक्सा सम्वन्धी थप फाइलनहरु आउने क्रममा जारी छ । प्रत्येकदिन ५ जना भन्दी बढी सेवा ग्राही आफुले पाएको घर नक्साको प्रमाण पत्र सक्ककली हो की नक्कलीभनेर रकर्ड हेर्न आउने गरेको नगरपालिकाका शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

हाल बनेको समितिले शिवसताक्षी नगरपालिकाले घरनक्सा दर्ता सुरु गरेको मितिदेखि नै छानविन गर्ने नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले अघिल्लो समितिले बुझाएको प्रतिवेदन पश्चात पनि धेरै फाइलहरु नगरपालिकामा आएकाले थप अध्ययन गर्न छानिवन समिति बनेको बताए । नगरको घर नक्शा शाखाद्वारा त्रुटी भएको सर्वविजितै छ ।

घर नक्सा सम्बन्धी प्रकरणमा अख्तियारले समेत नगरपालिकालाई पत्र काटिसकेको छ ।नगरपालिकाले मात्र होइन अब यो प्रकण अख्तियारले पनि हेर्ने छ । उनले भने, नगरपालिकाले यस प्रकरणमा दोषी पत्ता लगाएर कानुनले तोकेको सजाय दिलाउने छ । यसमा नगरबासीले कुनै शंकाको दृृष्टिकोणले नहेदिन समेत म आग्रह गर्दछु ।नगरपालिकाका जनप्रतिनिधि, नक्शा शाखाका इन्जिनियर, अमिन वा कार्यालय सहायक जो कोही दोषी ठहरिए कार्वाही हुने उनको भनाई थियो ।

शिवसताक्षी नगरपालिकाका सेवाग्राहीबाट इन्जिनियरको,प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर कीर्ते भएको एक पछि अर्को प्रमाण पत्र सार्वजनिक भएको छ । थप प्रमाण पत्र सार्वनिक हुँदा घर नक्सा प्रकरण थप जटिल बन्दै गएको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । अब यस समितिले निष्पक्ष र विना दवाव काम गर्छ । उनले भनिन्, पालिकाका जनप्रतिनिधिले अन्यायमा परेको नागरिकलार्ई न्याय दिलाउनु पर्छ । यस प्रकरणमा जोडिएका कर्मचारी, कन्सलटेन्सी र सेवाग्राहीहरुलाई झिकाई सत्य तथ्य पत्ता लगाएर सार्वजनिक रुपमा नगरपालिकाले धारणा दिने उनले बताइन् ।

छानविन समितिले मापदण्ड तयारगरी नगरपालिकाले घर नक्सा पास गर्न सुरु गरेको आर्थिक वर्षबाट सबै सेवाग्राहीहरुलाई पत्र काटी प्रमाण पत्र झिकाउने र अघिल्लो समितिले दिएको प्रतिवेदनलाई समेत आधार मान्दै विसृत अध्ययन गर्ने छानविन समितिका सदस्य डिल्ली नेपालले जानकारी दिए । उनले भने, हामी छानविन समितिले मात्र होइन त्यसमा सरोकारवाला निकायहरुसँग समेत परामर्श लिन्छौ ।

घर नक्सा कुन वडाको हो, वडाध्यक्ष वा वडा कार्यालयहरुसँग पनि समन्वय गरी छानवीन गर्ने उनले बताए । यस प्रकरणसँग जोडिएको सम्बन्धि कन्सलटेन्सीलाई पत्र काटी झिकाउने र सञ्चारमाध्यमा धेरै कुरा आएकाले सञ्चारकर्मीहरुसँग पनि समन्वय गरी काम गर्ने र सञ्चारकर्मीहरुले पत्ता लगाएको सुचना पनि छानविनका लागि सहयोगी बन्ने सदस्य नेपालले जानकारी दिए । नेपालका अनुसार अघिल्लो समितिले बुझाएको प्रतिवेदनमा कति फायलमा समस्या रहेको समेत संख्या खुलाइएको छैन ।

समितिका सदस्य तथा वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले घर नक्सा सम्बन्धी धेरै सेवा ग्राहीबाट गुनासो आएपनि नगरमा भने दर्ता नभएको जानकारी दिए । उनले अघिल्लो समितिले नगरमा दर्ता भएको २० ओटा फाइलको मात्र छानविन गरेको र अन्य धेरै फाइलहरु वाहिर रहेकाकाले त्यस्ता फाइलनहरु नगरमा झिकाउन सुचना समेत निकाल्ने तयारी भइरहेको बताए । यस प्रकरणको टुंगोमा पुर्याउन केही समय लाग्न सक्छ । हाल नगरपालिकामा दर्ता भएका वा कन्सल्टेन्सीमा अड्किएका र सेवा ग्राहीको काम नभएर अड्किएर रहेका फाएलहरु छानविन समितिमा उपलब्ध गराउन आवाहन गरिने उनको भनाई थियो ।

यस अघि नगरपालिकाको घर नक्शा शाखाले जारी गरेको प्रमाण पत्र सेवा ग्राहीले पाएको प्रमाण पत्र, चलानी नं. समेत फरक परेको थियो । कतिपय प्रमाण पत्रको नगरपालिकामा रकर्ड नरहेको बताइएको छ । सेवा ग्राहीले आफ्नो आफ्नो प्रमाण पत्र भएको थाहा पाएपछि रहस्य बाहिर आएको थियो ।

 

 

 

प्रकाशित मिति : पुष ४, २०८० बुधबार  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]