जेष्ठ २, २०८१ बुधबार

शिवसताक्षी र गौरीगञ्जका अति विपन्न परिवारलाई घर बनाइदिने

शिवसताक्षी । झापा क्षेत्र नं. ४ को प्रदेश (क) मा अति विपन्न १० परिवारका लागि घर बन्ने भएको छ ।
जनता आवाश कार्यक्रम अन्तर्गत प्रदेश सहकारी विकास कार्यालय मार्फत अति सिमान्तकिृत, दलित पिछडिएको र अति पिछडिएको मुस्लिम समुदायका लागि घर निर्माण हुने भएको हो ।

उक्त घर निर्माणका लागि आज शिवसताक्षी नगरपालिका वडा नं. ४ विपन्न परिवारका लागि घर निर्माण गर्न शिल्यान्यास गरिएको छ । झापा क्षेत्र नं. ४ (क)का सांसद राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले उक्त घरको शिल गरेका हुन् ।

शिवसताक्षी नगरपालिका वडा नं. ४ र गौरीगञ्ज गाउँपालिका वडा नं. २ मा गरी ५- ५ ओटा घर निर्माण गरिने प्रदेश सांसद राधाकृष्ण खनालले जानकारी दिए ।

उनका अनुसार घर बरान्डा सहितको दुई कोठाको निर्माण गरिने छ । वाहिरी वाल १० इच भएको एक घरका लागि ३ लाख ५० हजार बजेट विनियोजन भएको सांसद खनालले जानकारी दिए । मापदण्डा अनुसारको शौचालय निर्माण घरधनी आफैले गर्नुपर्ने बताइएको छ ।

प्रकाशित मिति : पुष ६, २०८० शुक्रबार  ८ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]