जेष्ठ ४, २०८१ शुक्रबार

पर्यटकीय क्षेत्र दोमुखामा बन्यो आकर्षक ट्रष्ट ब्रिज

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखामा पर्ने नुनमाटी खोलामा ट्रष्ट ब्रिज निर्माण भएको छ ।
दोमुखामा आउने पर्यटकहरुको सहजताका लागि निर्माण गरिएको ट्रष्ट ब्रिज शुक्रबारदेखि सञ्चालनमा आएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले संयुक्त रुपमा उक्त ब्रिजको उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले बर्षातका समयमा नुनमाटी खोलाबाट आवत जावत गर्न कठिनाई भएकाले ट्रष्ट ब्रिज निर्माण गरिएको बताए । यसले पर्यटकीय क्षेत्र दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ । उनले भने, अब यस क्षेत्रमा घुम्न आउनका लागि सडक लगायत आवश्यक पूर्वाधारहरु तयार भएका छन् । यस ट्रष्ट ब्रिज संघीय सरकार, शिवसताक्षी नगरपालिकाले र स्थानीय उपभोक्ताहरुबाट निर्माण भएको उनले बताए ।

ब्रिजको कुल लागत ३३ लाख ७५ हजार ८७१ रहेको छ । जसमा संघीय झोलुङ्गे पुल क्षेत्रागत कार्यक्रमबाट २८लाख ६९ हजार ४९०, शिवसताक्षी नगरपालिकाबाट ४ लाख ३८ हजार, ८६३ र जनसहभागिता ६७ हजार ५१७ रहेको सूचना बोर्डमा उल्लेख छ ।

२४ मिटर लम्बाईको रहेको उक्त ट्रष्ट ब्रिजको निर्माणका लागि सहारा नेपालले प्राविधिक सहयोग गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : पुष ७, २०८० शनिबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]