बैशाख २२, २०८१ शनिबार

सम्पर्कमा आए खनाल, उल्टो पीडितमाथि ‘ब्लाकमेलिङ’

बिर्तामोड । दिल्ली बसेर झापामा वैदेशिक रोजगारीको नाममा ठगि धन्दा चलाइरहेका २७ वर्षीय रितेश खनाल सम्पर्कमा आएका छन् । इजलासमा समाचार प्रकाशन भएपछि उनी सम्पर्कमा आएका हुन् ।

उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय झापा र वैदेशिक रोजगार विभागमा उजुरी परिसकेको छ । पोल्याण्ड र क्रोसिया पठाउने भन्दै झापा, मोरङका युवाहरुबाट ५० हजार देखि साढे ३ लाखसम्म उठाएको पीडितहरुको भनाई छ । उनीहरुले खनाललाई पैसा जम्मा गरेको भौचर नै इजलासलाई उपलब्ध गराएका छन् ।

शनिवार साँझ इजलासमा सम्पर्क गर्दै खनालले आफुले कसैलाई पनि ठगि नगरेको दावी गरेका छन् । उनले पीडित भनिएका दमकका नरप्रसाद शिवाकोटीका कारण सबैले दुख पाएको आरोप लगाए । शिवाकोटीले सबै युवाहरुबाट कमिशन मागेको खनालको आरोप छ । पोल्याण्ड र क्रोसियाका लागि खनाल मार्फत प्रक्रिया गरिरहेका सबै जनाबाट लिएको कमिशनले नरप्रसाद आफुपनि पोल्याण्ड छिर्न खोजेको जानकारी दिए ।

झापा डाँगीबारीको ठेगानामा नागरिकता बनाएका उनी मोरङमा हुर्किएका हुन् । दिल्ली बसेर पोल्याण्ड, क्रोसिया र सर्भियाको लागि नेपालीहरुलाई रोजगारीमा पठाउने काम गर्दै आएका खनाल अहिले पीडितहरुबाट पूर्ण रुपमा सम्पर्क विहीन छन् ।

खनालले दमक – ९ का अर्जुन कार्कीबाट ३ लाख, कनकाई –४ का रुद्र प्रसाद ढकाल २ लाख, बिर्तामोड–८ का चन्द्रमान श्रेष्ठ १ लाख, बुद्धशान्ति ३ का रविन्द्र पाठक ३ लाख, दमकका गणेश घिमिरे ३ लाख, नर प्रसाद शिवाकोटी २ लाख ३० हजार र चन्द्र शिवाकोटीबाट ५० हजार लिइसकेका छन् । उनीहरुले राष्ट्रिय वाणिज्य बैंकमा रितेश खनालको खाता नं. १७५०१०००२२९८३०१० रकम जम्मा गरेका थिए ।

पैसा लिएर कसैको पनि काम नगरी लुकिछिपी बसेका खनालले यतिवेला आफु पंजावमा रहेको जानकारी दिएका छन् । तर, पंजाव मै भए नभएको सत्यता भने छैन ।

उनले कसैको पैसा फिर्ता नगर्ने बताएका छन् । नर प्रसादका कारण सबैको प्रक्रिया रोकिएको खनालको भनाई छ । पर्मिट आइसक्दा पनि जान नमानेपछि सबैको काम रोकिएको उनले दावी गरे । यता, शिवाकोटीले सबै कागजात नक्कली भएकोले जान नसकिएको बताएका छन् ।

शिवाकोटीले कमिशन मागेको अडियो खनालले इजलासलाई पठाएका छन् । यता, शिवाकोटीले ठगि गरेर भागेपछि आफुलाई दोष देखाएको बताए । शिवाकोटीले भने – ‘मैले एक पैसा लिएको छैन । यो सबै ममाथिको ब्लाकमेलिङ मात्रै हो । आफु बच्नका लागि मलाई दोष देखाए ।’ खनालले अडियो कल गरेर सिकाए अनुसार बोल्दा उल्टै फसाइदियो, मैले आफ्नो पैसा तिरेको छु । कसैसँग कमिशन मागेको छैन । काम नभएपछि खनालले धम्की समेत दिए ।
पोल्याण्डमा आफन्त (मामा) मार्फत काम गरिरहेको बताउने खनालले यसअघि समस्या नआएको जानकारी दिए । उनले व्यक्तिगत रुपमा कुनै आधिकारिक संस्था, मेनपावर नभएको स्वीकार गरे । व्यक्तिगत सम्पर्ककै आधारमा काम गर्दै आएको बताएका छन् ।

पैसा लिएर काम नगर्ने खनालको सिधा ठगि हो, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरतहरु भन्छन् – खनालको धन्दाबाट सबैले जोगिनुपर्छ । उनी देशबाहिर बसेर आफ्नै दाजुभाई ठग्ने काम गरिरहेका छन् ।

इजलाससँग सम्पर्कमा आएर पैसा फिर्ता नगर्ने आसयबाट कुरा गरेका खनालले कनकाईका रुद्र प्रसाद ढकालसँग भने पैसा फिर्ता गरिदिने भन्दै कुराकानी गरेका रहेछन् । नरप्रसाद बाहेक सबैको पैसा फिर्ता गर्ने बताएका खनालले अहिले फेरि फिर्ता नगर्ने बताए । नेपालमा आफु विरुद्ध मुद्धा मामिला र विभिन्न धम्की देखाएकाले आफु आउन पनि नसकेको प्रतिक्रिया दिए ।

शिवाकोटीले सुरुमा क्रोसियाको लागि प्रयास गरेका थिए । त्यसबेला शिवाकोटीको कागजातमा समस्या देखिएपछि नगएको र पोल्याण्डका लागि प्रक्रिया अघि बढाइएको थियो । पोल्याण्डका लागि शिवाकोटीले आफै मान्छे समेत खोजी गरेको खनालको भनाई छ ।

पोल्याण्डका लागि शिवाकोटी समस्या भए पनि अरुलाई किन नपठाएका भन्ने जिज्ञासामा खनालले भने – मलाई घाटा हुने भएकोले नपठाएको हुँ ।

र, यो पनि पढ्नुहोस् : दिल्लीबाटै झापामा ठगिधन्दा

प्रकाशित मिति : पुष ७, २०८० शनिबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]