बैशाख २२, २०८१ शनिबार

दिल्लीबाटै झापामा ठगिधन्दा

– प्रदीप परियार

पोल्याण्ड र क्रोसिया पठाउने भन्दै लाखौं उठाउने खनाल सम्पर्कविहीन

बिर्तामोड । दिल्लीमा बसेर एक नेपाली युवाले झापाका दर्जनौं युवालाई पोल्याण्ड र क्रोसिया पठाउने भन्दै लाखौं रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाएको प्रमाण फेला परेको छ । झापा साविक डाँगीबारी–८ का रितेश खनाल नाम गरेका २७ वर्षीय युवाले जिल्लाका युवाहरुसँग ५० हजारदेखि साढे ३ लाखसम्म रकम जम्मा गर्न लगाएका छन् ।

गत वर्षदेखि खनाललाई पैसा बुझाइरहेका झापाका युवाहरुले यतिवेला खनाल सम्पर्कमा नरहेको जानकारी दिए । पैसा पठाउने युवाहरुलाई फेसबुक, म्यासेन्जर र वाट्सअपमा ब्लक गरेपछि आफुहरु ठगिएको थाहा पाए । पोल्याण्ड र क्रोसियामा सिजनल भिजामा पठाउने भन्दै खनालले पैसा उठाएका थिए । उनी यतिवेला कसैको पनि सम्पर्कमा नरहेको दमकका नरप्रसाद शिवाकोटीले जानकारी दिए । उनका अनुसार पीडितहरुको तर्फबाट जिल्ला प्रशासन कार्यालय झापा र वैदेशिक रोजगार विभागमा उजुरी गरिएको छ । उनले चलाउने भारतीय मोवाइल नम्बर +९१८४४८४०८४५३ मा अहिले सम्पर्क नभएको पीडितहरुको भनाई छ ।

दमक – ९ का अर्जुन कार्कीले ३ लाख, कनकाई –४ का रुद्र प्रसाद ढकाल २ लाख, बिर्तामोड–८ का चन्द्रमान श्रेष्ठ १ लाख, बुद्धशान्ति ३ का रविन्द्र पाठक ३ लाख, दमकका गणेश घिमिरे ३ लाख, नर प्रसाद शिवाकोटी २ लाख ३० हजार र चन्द्र शिवाकोटीले खनालको खातामा ५० हजार जम्मा गरेका थिए । सबै युवाहरुले राष्ट्रिय वाणिज्य बैंकमा रितेश खनालको खाता नं. १७५०१०००२२९८३०१० रकम जम्मा गरेको भौचर सुरक्षित छ ।

साथीभाईको सम्पर्कबाट खनालसँग जोडिएका अधिकांश युवाले रकम फिर्ता गराइदिन र खनाललाई कानुनी कारबाहीको माग गर्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । खनालकै छिमेकी सुर्य बस्नेतको फेसबुकमा वैदेशिक रोजगारको विज्ञापन देखेर कतिपय युवाहरु जोडिएका थिए । नागरिकता झापाको भए पनि खनाल मोरङ उर्लाबारीमा हुर्किएका हुन् । दमकका नर प्रसाद भन्छन्, खनालको छिमेकी बस्नेतको फेसबुकमा विज्ञापन देखेर हामीले प्रक्रिया अघि बढाएका थियौं । बस्नेतले आफु पनि पोल्याण्डका लागि प्रक्रिया अघि बढाइरहेको भन्दै अन्यलाई समेत झुक्याएका रहेछन् । छिमकीको विश्वास गर्दा आफुहरु ठगिएको उनीहरुको भनाई छ ।

गलत विज्ञापन र विश्वासका कारण ठगिएका युवाहरुले खनालको नेपाल ओहोरदोहोर भइरहेको पत्ता लगाएका छन् । उनीहरुले खनाल पक्राउ गर्न माथिल्लो निकायमा जाने तयारी गरेको बुझिएको छ ।

७ देखि ८ लाख लगानी गनुपर्ने र मासिक १ देखि डेढ लाखसम्म आम्दानी हुने भनेपछि लगानी गरेको दमकका अर्जुन कार्की बताउँछन् । उनले गाउँले दाईकोे समन्वयमा प्रक्रिया अघि बढाएका थिए । अहिले गाउँले दाई भन्छन्, ‘तपाई जस्तो, म त्यस्तै हो ।’

खनालसँग एक पटक भेटघाट समेत नगरी भिडियो र अडियो कल मार्फत सम्पर्क गरेर लाखौं रुपैयाँ बुझाएका युवाहरुले रकम फिर्ताको लागि सहयोग गर्न आग्रह गरेका छन् ।

दिल्ली बसेर झापासहित विभिन्न जिल्लाका युवाहरुलाई पोल्याण्ड र क्रोसिया पठाउने भन्दै अहिले पनि रकम उठाइरहेको पीडितहरुको भनाई छ । उनीहरुले खनालसँग यस प्रकारको कारोवार नगर्न आग्रह समेत गरेका छन् ।
खनालको घरमा बुबासँगै बसेर भिडियो कल गरेपछि विश्वास लागेर पैसा बुझाएको नरप्रसाद बताउँछन् । नक्कली वर्क पर्मिट, भिजा पठाएको थाहा पाएपछि पीडितहरुले खनाललाई सम्पर्क गरेका थिए । नक्कली कागजात बारे बताएपछि खनाल सबैसँग सम्पर्क विच्छेद भएका छन् । ३-४ महिनादेखि सम्पर्क विहीन भएका खनाल काठमाडौं आउँदै पैसा झिकेर लगिरहेको सूचना प्राप्त भएको छ ।

खनाल आफ्नो बुबा वित्दा समेत नआएको पीडितहरु बताउँछन् ।

युवाहरुले आफुहरु ठगिएको प्रमाण बुझाएपछि सम्पर्क गर्दा खनालसँग सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : पुष ६, २०८० शुक्रबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]