जेष्ठ ४, २०८१ शुक्रबार

सार्वजनिक यातायात सुधारौं

सम्पादकीय
विकसित राष्ट्रहरुमा सार्वजनिक यातायातको संख्या कम हुन्छ । किनभने, त्यहाँ निजी सवारी नै पर्याप्त हुन्छ । त्यसैले त्यहाँ वेथिती पनि कम हुन्छ । नेपालको हकमा सार्वजनिक यातायात धेरै, निजीको संख्या कम छ । त्यसैले यहाँ वेथिती पनि धेरै छ । वेथिती धेरै नै थियो । केहि मात्रामा सुधार पनि भएको छ । तर, अझै पनि केहि समस्याहरु भने सुधार गर्नुपर्ने देखिन्छ । विगतमा यातायात क्षेत्रमा ठुलो सिण्डिकेट थियो । यातायात क्षेत्रको सबैभन्दा ठुलो समस्या मानिएको सिण्डिकेट तोडिएको छ । एउटा ठुलो समस्या समाधान भएको छ । तर, बाँकी साना समस्याहरुले सार्वजनिक यातायातमा यात्रुलाई सधैं दुख छ ।

एउटा समय निर्धारण गरेर यात्रा गर्ने यात्रु समयमा गन्तव्य पुग्नै सक्दैन । किनभने, बस मनपरी रोक्ने समस्या ठुलो छ । जहाँसुकै रोक्ने, यात्रु उठाउने कारण गन्तव्य पुराउन कठिन छ । यसलाई सुधार गर्नैपर्छ । अर्को, बसमा क्षमताभन्दा धेरै यात्रु कोच्ने समस्या उस्तै छ । बसमा सिट अनुसार यात्रु राख्नुपर्ने हो । तर, बस व्यवसायीहरुले सकेसम्म बसमा यात्रु कोच्ने काम गरिरहेका छन् । अहिले बसमा अनलाइन टिकट पनि सुरु भएको छ । तर, त्यसमा पनि समस्या देखियो । एउटा नाम गरेको बसका लागि टिकट गरेको हुन्छ, व्यवसायीले अर्कै बसमा चढाइदिने गरेका छन् ।

अनलाईट टिकटमा सुविधा अनुसार बसको भाडा बुझाइएको हुन्छ । सुविधा बमोजिम भाडा बुझाए पनि व्यवसायीले अर्को सामान्य बसमा राखेर यात्रुलाई जवरजस्ती पठाइदिने गर्छन् । जसका कारण यात्रुहरु अनलाइन टिकटबाट पनि ठगिन्छन् । यस तर्फ व्यवसायी र सरोकारवालाको ध्यानाकर्षण हुनुपर्छ । यस्तै, बसमा विद्यार्थीहरुले यात्रा गर्न नपाएको अर्को गुनासो छ । भर्खरै एक जना विद्यार्थीले झापामा बसहरुले विद्यार्थीलाई यात्रा गर्न नदिएको भन्दै उजुरी नै गरिन् । सार्वजनिक यातायातको क्षेत्रलाई जिम्मेवार र प्रतिवद्ध बनाउनुपर्छ । तवमात्र आम नागरिकको विश्वास बढेर जानेछ । सार्वजनिक यातायातको क्षेत्रलाई सुधार गर्न सबै क्षेत्र, सरोकारवालाले एक झमट मेहनत गर्नुपर्ने आवश्यक भएको छ ।

प्रकाशित मिति : पुष २२, २०८० आईतबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]