जेष्ठ ६, २०८१ आईतबार

चेम्बर झापाको अध्यक्षमा पुनः विमली

झापा । चेम्बर अफ कमर्स झापाको अध्यक्षमा पुनः ओमकृष्ण विमली निर्वाचित भएका छन् । मेचीनगरस्थित कालिका सिमसारमा सोमवार भएको चेम्बर अफ कमर्स झापाको छैठौं साधारणसभा तथा दोस्रो अधिवेशनले बिमलीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

चेम्बर अफ कमर्स झापाको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा यामनाथ विमली , उपाध्यक्षहरुमा मोहनकुमार मित्तल ,प्रदीप खरेल , घनश्याम चौधरी ,भीमा शिवाकोटी , सचिव विरोध सुवेदी ,सहसचिवहरुमा टंकप्रसाद भट्टराई , उमादेवी भट्टराई प्रसाई र कोषाध्यक्षमा शत्रुघनप्रसाद गुप्तालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मीप्रसाद सापकोटा र रोहितकुमार भट्टराई चुनिएका छन् ।

प्रकाशित मिति : पुष २३, २०८० सोमबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]