चैत्र ६, २०८० मंगलबार

बिर्तामोडमा भेटिइन् रंगवाली राजवंशी

बिर्तामोड । श्रीमानको सहारा र श्रीमतिको साथले मात्र परिवारमा खुसी ल्याउँछ । दुई जना विचको साथ र सहारा भएन भने नत परिवार चल्न सक्छ नत सम्बन्ध नै टिकिरहन्छ । विवाह पूर्व एकअर्का विचमा साथ दिने कसम खाएका धेरै जोडिहरुको कालान्तरमा सम्बन्धहरु छुट्टिरहेका हुन्छन् । अपवादमा साथ दिन नसक्नेहरुको सम्बन्ध टुटेर जान्छ ।


बिर्तामोडमा हरेक दिन एउटा जोडी रंग गर्ने काममा एकैसाथ भेटिन्छन् । श्रीमतिको साथ पाएका ५५ वर्षीय बसन्त राजवंशी ४० वर्षदेखि एउटै काममा टिकिरहेका छन् । उनको श्रीमति पार्वती राजवंशीले उनलाई कामा पनि साथ दिएको ३० वर्ष भइसक्यो ।


शनिवार पार्वती राजवंशी बिर्तामोडको नयाँ बसपार्क नजिकै एउटा घरको पर्खालमा रंग गर्दै गरेको भटिइन् । पर्खालमा श्रीमति काम गर्दै थिइन् भने श्रीमान घर भित्र काम गर्दै थिए । तिन महिनादेखि उनीहरु सो घरमा रंग लगाउने काम गरिरहेका छन् ।


बिर्तामोड–६ स्यालडाँगीका राजवंशी परिवार ४० वर्षदेखि रंग गर्दे आएका छन् । पार्वतीका अनुसार रंग गरेरै छोराछोरीलाई शिक्षा दिए । परिवारको आम्दानीको स्रोत नै रंग गर्ने काम भएको उनीहरुको भनाई छ । भारतको कलकत्ता, दिल्लीको बसाईको क्रममा पार्वतीले काम गर्न सिकेकी हुन् ।

उनले श्रीमानलाई भरपर्दो साथ दिएपछि रंग गर्न ठेक्का नै लिने गरेको जानकारी दिए ।
वर्षौदेखि रंग गर्दै आएका राजवंशी जोडि ठुला नयाँ घर, होटल दुई जनाले नै ठेक्का लिएर सक्ने गरेका छन् । उनीहरुको काममा सन्तुष्ट भएको बसपार्कका मदन अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार  ६ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]