जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोड वाणिज्य संघका पूर्वअध्यक्षहरु स्वतन्त्र प्यानलको पक्षमा

बिर्तामोड । फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि मत माग्दै उम्मेदवारहरु व्यवसायीको पसल-पसल पुगिरहेका छन् ।

आफ्ना प्रतिवद्धता बारे जानकारी दिदैं उम्मेदवारहरुले वाणिज्य संघमा काम गर्ने अवसर दिन माग गरिरहेका छन् । वाणिज्य संघको आगामी अध्यक्षका लागि अर्जुन कुमार मैनाली र राजु न्यौपाने दुई प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । बजारमा गत हप्ता गरिएको एक सर्वेक्षण अनुसार अध्यक्षमा अर्जुन कुमार मैनालीको जीत सुनिश्चित छ । यता, वाणिज्य संघ कांग्रेस नीजि संस्था भन्नेहरु आफ्नै जीत हुने बताइरहेका छन् ।

यो पटकको निर्वाचनमा वाणिज्य संघका अधिकांश पूर्व अध्यक्षहरु स्वतन्त्र व्यावसायिक प्यानलको पक्षमा खुलेका छन् । पूर्व अध्यक्षहरुले पनि वाणिज्य संघलाई कामयावी बनाउन परिवर्तन आवश्यक भइरहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले खुलेरै स्वतन्त्र व्यावसायिक प्यानलको पक्षमा मतदान गर्न आव्हान गरिरहेका छन् ।

बिर्तामोड वाणिज्य संघका अधिकांश पूर्वअध्यक्षहरु स्वतन्त्र व्यवसायिक प्यानलको पक्षमा लागेका छन् । उनीहरुले बिर्तामोड वाणिज्य संघको विरासत जोगाउन पनि अर्जुन कुमार मैनालीको नेतृत्वलाई जिताउन आग्रह गरेका छन् । अहिलेसम्म बेदप्रकाश अग्रवाल, चतुर्भूज सरिया, शिवप्रसाद पोखरेल, सुधिर कुमार शिवाकोटी, राजकुमार अग्रवाल, रामलोचन न्यौपाने, उमेश डालमिया, मोहन ढकाल, राजेन्द्र थापा, बलराम कार्की र कुमार भट्र्टराइले वाणिज्य संघको अध्यक्षको रुपमा नेतृत्व गरिसकेका छन् ।

यसमध्ये तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका बेदप्रकाश अग्रवाल, राजकुमार अग्रवाल, रामलोचन न्यौपाने, उमेश डालमिया, कुमार भट्टराईहरु स्वतन्त्र प्यानलको पक्षमा लागेका छन् । तीन कार्यकाल अध्यक्ष बनेका बेदप्रकाश अग्रवाल बराबर ३ अध्यक्ष जोड्दा स्वतन्त्र प्यानलको पक्षमा ७ जना अध्यक्ष स्वतन्त्र प्यानल जिताऊ अभियानमा लागेका छन् । लोकतान्त्रिक प्यानलको पक्षमा पूर्व अध्यक्षहरु राजेन्द्र कुमार थापा, सुधिर शिवाकोटी, बलराम कार्की खुलेर लागेका छन् । अन्य अध्यक्षहरु जिल्ला बाहिर छन् भने एक जना अध्यक्ष देश बाहिर रहेको बुझिएको छ ।
संघका पूर्व अध्यक्ष उमेश डालमिया अहिले केन्द्रीय सदस्य छन् । तीन कार्यकाल केन्द्रीय सदस्य बनेका डालमियाले बिर्तामोडमा वाणिज्य संघलाई बेकामे बनाउने प्रयास रोक्नुपर्ने बताए । वाणिज्य संघमाथि केहि वर्षयता व्यवसायीहरु निराश भएको उनको भनाई छ । डालमियाले व्यवसायीको पक्षमा काम गर्न सक्ने नेतृत्व स्वतन्त्र प्यानलले दिएको भन्दै विजयी गराउन आव्हान गरेका छन् ।

तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका बेदप्रकाश अग्रवालले वाणिज्य संघले व्यवसायीहरुको पक्षमा काम गर्न नसकेको बताएका छन् । उनले पछिल्लो समय संघमा राजनीतिकरणका कारण काम नभएको बताए । वाणिज्य संघ व्यावसायीको हितमा काम गर्ने संस्था हो, उनले भने – नेताको कुरा मान्नेहरुका कारण वाणिज्य संघले काम गर्न नसकेको हो । नेताले भनेको मात्रै मान्ने मान्छेहरुले वाणिज्य संघलाई बेकामे संस्था बनाइदिए । त्यसैले पनि नयाँ अनुसार व्यवसायीहरुले खाजेका छन ।

१९ पदका लागि ३९ जनाको मनोनयन दर्ता
बिर्तामोड उद्योग वाणिज्य संघको आगामी ३ वर्षे कार्यकालका लागि ३९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । १९ पदका लागि ३९ जनाले मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुले मनोनयन गर्दा गरेका छन् । अध्यक्षमा अर्जुन कुमार मैनाली र राजु न्यौपानेले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका लागि स्वतन्त्र व्यावसायिक प्यानलले नौमति बाजासहित बिर्तामोड परिक्रमा गरेर वाणिज्य संघको कार्यालय पुगेको थियो ।

भव्य र्याली सहित मनोनयनमा पुगेको स्वतन्त्र प्यानलले सबै व्यवसायीहरुको सहयोग प्राप्त हुने अपेक्षा गरेको छ । अध्यक्षका उम्मेदवार मैनालीले वाणिज्य संघलाई व्यवसायीहरुको साझा संस्था, कामयावी संस्थाको रुपमा स्थापित गर्ने बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन ८, २०८० मंगलबार  ९ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]