चैत्र ६, २०८० मंगलबार

मान्छे कुट्दै हिड्ने गुरुङ बिर्तामोडका डिएसपीको कुर्सीमा

बिर्तामोड । प्रहरीको मान्छे हुँ भन्दै बिर्तामोड क्षेत्रका होटलमा सञ्चालकलाई नै कुटपिट गर्दै हिड्ने हर्क गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
गुरुङले इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुवास खड्काको कुर्सीमा बसेको तस्वीर समेत फेला परेको छ । गत शुक्रवार राती गुरुङले बिर्तामोडको शनिश्चरे रोडमा रहेको तेह्रथुम सेकुवा कर्नरका सञ्चालक रुद्र कन्दङवालाई कुटपिट गरेका थिए ।

शुक्रवार उनी सहित १५ जनाभन्दा बढि युवाले जन्मदिनको पार्टी गर्ने भन्दै होटलमा खानपिन गरेका थिए । खानपिनकै क्रममा साथीसाथी विच कुटपिट शुरु भएपछि होटल सञ्चालकले झगडा नगर्न भन्दा उल्टै कोकको बोतलले हानेका थिए । गुरुङको कुटपिटबाट घाइते भएका कन्दङवाको अहिले विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउमा चोट लागेको श्रीमतिले जानकारी दिएकी छन् ।

गुरुङको टोलीले कुटपित पछि होटलमा समेत तोडफोड गरेका छन् ।
सोहि दिन झगडा परिरहेको बेला हेर्न गएको भन्दै गुरुङले आज विहान होटल नजिकै व्यवसाय गर्दै आएका चरिन्द्र कुमार चोम्बाङलाई समेत हातपात गरेका छन् । चोम्बाङ र उनको श्रीमतिलाई नै गुरुङले हातपात गरेको पीडितको भनाई छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी खड्काले तस्वीर बारे प्रतिक्रिया दिदैं भने तस्वीर इडिट गरिएको रहेछ । उनले गुरुङले तस्वीर इडिट गरेर आफ्नो समेत चरित्र हत्या गरेको बताएका छन् । डिएसपीले कुटपिटको उजुरी समेत लिनका लागि झर्कोफर्को गरेको चोम्बाङका आफन्तले जानकारी दिए । उजुरी लिन नमाने कै हो त भन्ने जिज्ञासामा डिएसपी खड्काले भने, त्यो सत्य होइन । म उजुरी दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाउछु ।


पीडितहरुका अनुसार गुरुङले प्रहरी सबै आफ्नो हातमा रहेको भन्दै धम्की समेत दिदैं आएका छन् । गुरुङले अस्पतालमा उपचार गराई रहेका कन्दङवालाई अस्पतालमै पुगेर धम्की दिएको श्रीमतिले जानकारी दिएकी छन् । बिर्तामोडमा मेनपावर सञ्चालन गर्दै आएका गुरुङ भारतीय नागरिक रहेको हुन सक्ने डिएसपी खड्काले इजलासलाई बताए । गुरुङलाई अर्का अजय तामाङले साथ दिएको बुझिएको छ ।

प्रकाशित मिति : बैशाख २९, २०७६ आईतबार  ६ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]