जेष्ठ १९, २०८१ शनिबार

काँकडभिट्टाको होटल हिकोला सञ्चालन गर्न दिन दोस्रो आदेश

मेचीनगर । उच्च अदालत विराटनगर इलाम संयुक्त इजलासले काँकरभिट्टाको होटल हिकोला हेरिटेजको सञ्चालन सम्बन्धी विवादमा (दोस्रोपटक) अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले घरधनी विष्णुमाया श्रेष्ठको नाममा आज जारी गरेको नयाँ अन्तरिम आदेशमा मुद्धाको अन्तिम निर्णय नआउञ्जेलसम्मका लागि होटल सञ्चालक देवीभक्त श्रेष्ठलाई होटल चलाउन दिनु भनिएको छ ।
आज मुद्धाका दुबै पक्षलाई अदालतले छलफलका लागि बोलाएको थियो । छलफल पश्चात अदालतले जारी गरेको आदेशमा सम्झौता भएको सम्बन्धमा कुनै विवाद नभएको स्पष्ट उल्लेख छ ।

उच्च अदालत बिराटनगर इलामले गत फागुन ६ गते यस्तै अल्पकालीन अन्तरिम आदेश जारी गरी व्यवसायी देवीभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न दिनु भनेको थियो ।

आज न्यायाधीश राजेशकुमार काफ्ले र ऋषिराज भण्डारीको संयुक्त इजलासले आज अन्तरिम आदेश जारी गरेको हो । यसअघिको आदेश न्यायाधीश किरण पौडेलले आदेश जारी गर्नु भएको थियो ।

व्यवसायी देवीभक्त श्रेष्ठले होटल सञ्चालन गर्नका लागि मेचीनगर–६ काँकरभिट्टामा स्थानीय विष्णुमाया श्रेष्ठको घर १५ वर्षका लागि लिखित सम्झौता गरी भाडामा लिनु भएको थियो ।

सम्झौता बमोजिम २०७६ मा भाडामा लिइएको उक्त घरमा होटल सञ्चालन भइरहेकै अवस्थामा घरधनी श्रेष्ठ र व्यवसायी श्रेष्ठबीच विवाद उत्पन्न भएपछि होटल व्यवसायी देवीभक्त श्रेष्ठ अदालत जानु भएको थियो ।

प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]