जेष्ठ २, २०८१ बुधबार

आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ । टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान ११ः३० बजेदेखि शुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यसअघि लिग–२ अन्तर्गत दुवै खेलमा नेपाल नामिबियासँग हारेको थियो । हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको थियो ।

प्रकाशित मिति : फाल्गुन १६, २०८० बुधबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]