जेष्ठ ११, २०८२ शनिबार

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्वाचित

बिर्तामोड । विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् । २२२५ मतसहित न्यौपाने निर्वाचित भएका हुन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे राजु, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवन खड्का, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कुशल खतिवडा, उधोग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा युवराज निरौला, सह–कोषाध्यक्षमा तिलोत्तमा खत्री निर्वाचित भएका हुन् ।
यस्तै, सदस्यहरुमा अनन्तलाल महतो, कृष्णप्रसाद बजगाई, केदार खनाल, डिल्लीराम कोइराला, दिनेश श्रेष्ठ, रमेश घिमिरे, शत्रुघनप्रसाद गुप्ता निर्वाचित भएका छन् । महिला सदस्यमा सुशिला कुमारी कार्की र सुस्मा उप्रेती सुवेदी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

५ हजार ६ सय ७३ मतदाता रहेको वाणिज्य संघमा ४ हजार ९५ मत खसेको थियो । निर्वाचन समितिका अनुसार ३ हजार ९ सय ७५ मत सदर भएको छ । फागुन १४ गते मतदान भएको थियो ।

निर्वाचनमा लोकतान्त्रिक प्यानल र स्वतन्त्र प्यानलबीच प्रतिष्पर्धा भएको थियो ।

 

 

प्रकाशित मिति : फाल्गुन १६, २०८० बुधबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]