बैशाख २६, २०८१ बुधबार

भद्रपुरमा अनेरास्ववियु प्रथम

बिर्तामोड । नेकपा एमाले भद्रपुर नगर कमिटीद्वारा आयोजित ५१ औं शहीद दिवसको अवसरमा बुधबार आयोजित अन्तर-जनसंगठन हाजिरीजवाफ प्रतियोगितामा अनेरास्ववियु प्रथम भएको छ ।

भद्रपुर वडा नम्बर १० को वडा कार्यालयको सभाहलमा आयोजित अन्तर–जनसंगठन हाजिरीजवाफ प्रतियोगितामा ९ वटा जनसंगठन मध्ये अनेरास्ववियु क्याम्पस कमिटीले ३० अंक ल्याई प्रथम भएको हो । सो प्रतियोगितामा रिटनी फेडेरेशनले २७ अंक प्राप्त गरी द्वितीय भयो भने अपाङ्ग महासंघले २२ अंक ल्याई तृतीय भएको छ ।

भद्रपुर नगर कमिटीका अध्यक्ष ब्रम्हलाल ढुङ्गानाको अध्यक्षतामा जिल्ला कमिटीका उपसचिव अशारु राजवंशीको प्रमुख आतिथ्यतामा अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो । प्रमुख अतिथि अशारु राजवंशीले झापाली जनताको वर्गीय आन्दोलनको नेतृत्व गर्दै पार्टी काममा जुटी रहनु भएका पार्टीका क्रान्तिकारी योद्धहरु नेत्र घिमिरे, रामनाथ दाहाल, विरेन राजवंशी, कृष्ण कुइकेल र नारायण श्रेष्ठको बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा नगर इञ्चार्ज पुरुषोत्तम अधिकारी, सहइञ्चार्ज कालिचरण बस्नेत, जिल्ला कमिटी सदस्य डिएल राजवंशीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

भद्रपुर नगरस्तरीय अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगितामा मुक्ति समाज, अपाङ्ग महासंघ, रिर्टनी फेडेरेशन, राष्ट्रिय युवासंघ, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ, अखिल नेपाल महिला संघ, अनेरास्ववियु क्याम्पस कमिटी, अनेरास्ववियु भूगोल कमिटी र अखिल नेपाल किसान महासंघ गरी ९ वटा जनसंगठनले भाग लिएका थिए ।

नेकपा एमाले झापाले शहीद दिवस फागुन २१ को सन्दर्भमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत झापाको १५ वटै पालिकामा अन्तर–जनसंगठन हाजिरीजवाफ प्रतियोगितामा आयोजना गरेको छ । सबै पालिकाबाट प्रथम हुने जनसंगठनहरुको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता २० गते आइतबार नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा हुने जिल्ला उपसचिव अशारु राजवंशीले बताउनुभयो ।

प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]