जेष्ठ २, २०८१ बुधबार

विधार्थीलाई झापा गोल्डकप प्रवेशमा ५० प्रतिशत छुट दिन अनेरास्ववियुको माग

बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी झापाले झापा गोल्ड कपमा विद्यार्थीहरुका लागि ५० प्रतिशत छुट माग गरेको छ ।

अनेरास्ववियु जिल्ला कमिटी झापाका अध्यक्ष बलराम गिरीको नेतृत्वमा आज झापा गोल्डकपको सचिवालय बिर्तामोड पुगेको टोलीले विद्यार्थीलाई प्रवेश शुल्कमा सहुलियत माग गरेको हो ।

फागुन १९ गते देखि सुरु हुने छैटौं झापा गोल्डकप सफलताको कामना गर्दै अनेरास्ववियुले खेल हेर्नका लागि ५० प्रतिशत छुट मागेको हो । खेलकुद विभाग प्रमुख सन्दिप श्रेष्ठले विद्यार्थीलाई फुटबल हेर्नका लागि गोल्ड कप आयोजकले माग बमोजिम सहुलियत दिने विश्वास व्यक्त गरेका छन ।

अनेरास्ववियुको टोलीले झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेल लाई माग पत्र बुझाएका हुन ।

प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार  ४ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]