माघ २८, २०८१ सोमबार

साझा समस्या समाधानमा झापाका पालिकाहरु एकठाउँ

बिर्तामोड । झापा जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले साझा समस्याहरु समाधानमा चासो व्यक्त गरेका छन् । शुक्रवार बिर्तामोडमा आयोजित मेयर, अध्यक्षहरुको परामर्श बैठकमा सबै पालिकामा रहेको साझा समस्याहरुको पहिचान गरेर समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

स्थानीय तहमा रहेको फोहोरमैला व्यवस्थापन, लागुऔषध समस्या, अखाद्य वस्तुको नियन्त्रण, जंगली हात्तीको आतंक साझा समस्याका रुपमा रहेको परामर्श बैठकमा उठान भएको थियो । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले साझा समस्याहरु समाधानमा सबै पालिकाहरुबीच समन्वय आवश्यक रहेको बताइन् । उनले एउटा पालिकाले गरेको निर्णय कार्यान्वयनमा अर्को पालिकाको पनि सहयोग हुनुपर्ने धारणा राखिन् ।

बिर्तामोडले मरेका माछा आयातमा प्रतिवन्ध लगाएको छ, उनले भनिन् – ‘छिमेकी पालिकाले प्रतिवन्ध नगर्दा कार्यान्वयनमा समस्या हुने रहेछ । जिल्लामा अखाद्य तरकारी, फलफूल र माछा मासु पूर्ण रुपमा प्रतिवन्ध गर्न सहकार्य गरौं ।’ यस्तै लागुऔषधको प्रयोग र कारोवार भयावहप्रति जनप्रतिनिधिहरु संवेदनसिल भएको पाइएको छ । उनीहरुले सबैभन्दा चुनौतिको रुपमा रहेको लागुऔषध नियन्त्रणमा कडा रुपमा प्रस्तुत हुनुपर्ने बताएका थिए ।

परामर्श बैठकमा बिर्तामोडका कार्यक्रम अधिकृत जय तिम्सिनाले यहाँको असल अभ्यासहरुका बारेमा जानकारी गराएका थिए । उनले बिर्तामोडमा चालु शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, गरिव विपन्न लक्षित कार्यक्रमहरुको बारेमा बैठकमा जानकारी गराएका हुन् । पालिका–पालिकाबीच अनुभव र सेवा प्रवाह आदानप्रदान गरेर सिकाई हासिल गर्न सकिने भनाई राखेका थिए ।

सबै पालिकाको सहभागिता नभएपछि परामर्श बैठक स्थगित गरेर चैत ९ गतेका लागि सारिएको छ । सबै पालिकाका प्रमुख, उपप्रमुख र सरोकारवाला निकायबीचमा पर्याप्त छलफल गरेर नतिजा निकाल्ने गरी अघि बढ्ने बैठकमा सहमति भएको छ ।

बिर्तामोडका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले साझा समस्याहरु स्पष्ट पारेका थिए । परामर्श बैठकमा जिल्लाका आधाभन्दा धेरै पालिकाहरुबाट प्रमुख, उपप्रमुख र अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन १८, २०८० शुक्रबार  ९ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]