जेष्ठ ११, २०८२ शनिबार

झापा गोल्डकपद्वारा पत्रकार सहारा उपचार कोषलाई १ लाख ११ हजार

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ लाई झापा गोल्डकपले सहयोग प्रदान गरेको छ ।

‘ छैठौं झापा गोल्डकप’ उद्घाटन समारोहको अबसर पारेर शनिवार झापा गोल्डकपले १ लाख ११ हजार १११ रुपैयाँको चेक प्रदान गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र प्रमुख अतिथि सभामुख देवराज घिमिरेले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई चेक प्रदान गरेका थिए ।

पत्रकारहरूको उपचारका लागि स्थापना गरिएको कोषको रकम १ करोड नजिक पुगेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

गोल्ड कपलाई सफल बनाउन झापाली पत्रकारहरूले ठूलो सहयोग गरेको भन्दै अर्ना छैठौं गोल्डकपको प्रिइभेन्ट प्रेस मिटमा अध्यक्ष बस्नेतले उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन १९, २०८० शनिबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]