बैशाख १२, २०८१ बुधबार

मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

काठमाडौं । मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक केपी ओली कपको उपाधि जितेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यू रोड टिम (एनआरटी) लाई टाइब्रेकरमा पराजित गर्दै मछिन्द्र दोस्रो पटक विजेता बनेको हो ।

मछिन्द्र टाइब्रेकरमा ५–४ ले विजेता बनेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको विजेताको टाइब्रेकरमार्फत निर्णय भएको थियो ।

निर्धारित ९० मिनेटमा मछिन्द्रकै प्रभुत्व रहेको थियो । धेरै मौकाहरु सिर्जना गरेपनि मछिन्द्रले गोल भने गर्न सकेन । उता एनआरटीले पनि केही मौकाहरु पाएको थियो ।

टाइब्रेकरमा मछिन्द्रले ५ र एनआरटीले ४ पेनाल्टीमा गोल गरेपछि एनआरटीका विवेक गुरुङले पेनाल्टी लिनका लागि अघि सरेका थिए । तर उनको पेनाल्टी पोस्ट भन्दा केही टाढाबाट बाहिरिएको थियो ।

टाइब्रेकरमा मछिन्द्रका सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन बिनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरेका थिए भने एनआरटीका लागि सरोज तामाङ, संजीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरेका थिए ।

मछिन्द्रले उपाधि सहित ११ लाख रुपैयाँ हात पारेको छ भने एनआरटी ५ लाखमा सिमित हुन पुगेको छ । गत संस्करणको फाइनलमा मछिन्द्रले सातदोबाटो युथ क्लवलाई हराउँदै उपाधि उचालेको थियो ।

प्रकाशित मिति : फाल्गुन १९, २०८० शनिबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]