चैत्र १६, २०८० शुक्रबार

सम्पादकीय : तस्करी रोक्न फैसलाले असर नगरोस्

झापामा प्रहरी सक्रियाताले पशुचौपायको तस्करी नियन्त्रण शुरु भइरहेको बेला उच्च अदालतको फैसलाले प्रहरीको मनोवलमा असर पु¥याएको छ । देशव्यापी चौपायको व्यापार गर्ने सर्लाही जिल्ला बरहथवा–६ का निरज सिंहले प्रहरी विरुद्ध दर्ता गरेको रिट उनीहरुकै पक्षमा फैसला भयो ।

पशु व्यापारको देशव्यापी कनेक्शन राख्ने शम्भुसिंह रिट दर्ता गर्नेमा सक्रिय देखिए पनि उनले आफ्नो छोराको नाममा दर्ता गराए । शम्भु सिंहले झापा निर्यात गर्ने चौपाय विक्रि पछि भारततर्फ नै तस्करी हुँदै आएको छ । तस्करी नहुने हो भने उनीहरुको व्यापार पनि शून्यमा झर्छ ।
प्रहरीले सिंहको व्यापारमा कुनै अवरोध गरेका थिएनन् । प्रहरीले त तस्करी मात्र रोकेको हो ।

तस्करी रोकेपछि आफ्नो व्यापार चौपट हुने देखिए पछि यथार्थ विषय वस्तुलाई लुकाएर प्रहरी विरुद्ध रिट दर्ता गरे । उच्च अदालत इलामले पनि झापाको वस्तुस्थिती बुझ्दै नबुझी प्रहरीलाई काम गर्न असर पु¥याउने फैसला सुनायो । अदालतले तस्करी गनु पाउनु पर्छ भन्ने आसयमा फैसला गरेको होइन । तर, व्यापार गर्न दिनु भन्ने फैसला सुनाएको हो । आखिर व्यापारमा प्रहरीको के हस्तक्षेप थियो ? प्रहरीले पश्चिम नेपालबाट भित्राइएको चौपाय तस्करी मात्र रोक्न खोजेको थियो ।


कालोकोटधारी फैसला मान्नैपर्छ भन्ने हुन सक्छ । तर, झापाका लागि चौपाय तस्करी मान्य हुदैन । कसैको व्यापारको लागि तस्करी खुल्ला गर्नुपर्छ भन्ने लाग्छ भने त्यो स्वीकार्य हुदैन । प्रहरीले पनि यो फैसलालाई आधार मानेर तस्करी नियन्त्रणमा अप्ठ्यारो मान्न जरुरी छैन । व्यापारीहरु आफ्नाो फाइदा हेर्छन् । उनीहरुलाई देशको व्यवस्थासँग चासो हुदैन ।

तस्करी हुँदा आफ्नो व्यापार बढ्छ भन्नेहरुसँग सुरक्षा निकायले झनै मजबुद भएर काम गर्ने समय आएको छ । तस्करी रोक्नुको विकल्प छैन । सयौं ट्रकमा चौपाय ल्याएर व्यापारको नाममा हुने तस्करी रोक्न आम झापावासी सरोकारवाला सचेत बन्नैपर्छ । यदि कसैले कतैबाट पनि तस्करी गर्दै गरेको सूचना पाए प्रहरीलाई खवर गर्नु ।

प्रकाशित मिति : पुष १६, २०७६ बुधबार  ५ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]