बिर्तामोडमा शिवको मुर्ति हरायो कि लुकाइयो ?
बिर्तामोड । बिर्तामोड –१ मा उत्पत्ति भएको भनिएको शिवको मुर्ति हराएको छ । गत शुक्रवार विहान उत्पत्ति भएको भन्दै प्रचार गरिएको शिवको मुर्ति आज विहान हराएको हो ।
स्थानीय मुना आचार्य ‘माता’ को घरमा उत्पत्ति भएको भनिएको मुर्ति हराएको घटनाले मातामाथि आशंका बढेको छ । उत्पत्ति भएको भन्ने , उत्पत्ति बारे अन्यौलता व्यक्त गर्ने र आज हराएको भन्न थालेपछि अधिकांशले माताको फण्डा भएको प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।
शिवको प्रतिमा उत्पत्ति हुनै नसक्ने भएकाले मातामाथि नै अनुसन्धान अघि बढाउन कतिपयले धारणा व्यक्त गरिरहेका छन् । शिव उत्पत्तिको सन्दर्भमा मातामाथि चर्को दवाव बढेपछि उनैले लुकाएको हुन सक्ने शंका गरिएको छ । बोलीमा स्थिर नहुने माताको घरमा भएको शिव उत्पत्तिको प्रकरणले उनीमाथि विश्वास हराएको टिप्पणी हुन थालेको छ ।
शुक्रवार शिवको उत्पत्ति भएको प्रचार गरेसँगै भक्तालुहरुको भीड लागेको थियो । शनिवार छोपेर राखिएको शिवको प्रतिमा आज नभेटिएपछि स्थानीय समेत अचम्मित भएका छन् ।