बैशाख ७, २०८१ शुक्रबार

सम्पादकीय : उद्यमको नयाँशैली

चिसो मौसमको शुरुआत हुनासाथ बिर्तामोडमा तात्तातो चियाको माइकिङ शुरु भयो । बिर्तामोडमा तात्तातो चियाको प्रचारसँगै सबैलाई चियाको सेवा उपलब्ध भइरहेको छ । चिया व्यापारमा नयाँ शैली अपनाइए पछि व्यवसायी र उपभोक्ता दुवैलाई फाइदा मिलेको छ । काम फरक शैलीबाट गरेपछि त्यसको उत्पादन पनि रचनात्मक नै बन्छ । झापा बिर्तामोडका सन्तोष घिमिरे र नविन बाँस्कोटाले शुरु गरेको चियाको मोवाइल सेवा अहिले चर्चाको विषय बनिरहेको छ । युवा उमेर समूहका दुई युवाले थालेको कामले अन्य क्षेत्रमा काम गर्ने युवालाई पनि प्रोत्साहन मिलेको छ ।

लण्डन बसाईको १२ वर्षपछि स्वदेश फर्किएर चियाको व्यापार थालनी गर्नु नौलो विषय हो । सुख सयल जीवन छोडेर आफ्नो देशमा उद्यमी बन्नु त्यसै पनि रचनात्मक र प्रेरणादायी छ । चिया पनि पसल–पसलमा पु¥याइरहेको पाइन्छ । सडकमा सिटि सफारीले चिया विक्रि गरिरहेको छ भने उनीहरु आफै थर्मश बोकर माग भएको ठाउँमा चिया पु¥याइरहेका छन् । नयाँ अभ्यास गरिएको चिया व्यापारले संभावनाहरु प्रशस्त छ भन्ने सन्देश दिएको छ । काम गर्न चाहने युवालाई यहि पर्याप्त संभावना देखाउने ति युवा नेपाली समाजमा उदाहरण हुन् ।

यहाँ अध्ययन पुरा नभई जागिरको खोजी भइरहेको छ । जागिर खोजी गर्नेहरु कामको सम्मान गर्दैनन् । पैसालाई मुख्य प्राथमिकतामा राखेर काम गर्नेहरुबाट परिणाम आउँदैन । त्यसले जागिर खाने र जागिरको अवसर दिने दुवैलाई नोक्सान पुग्छ । कुनै पनि काममा सम्मानको जरुरी छ । कामलाई नयाँशैलीमा अघि बढाउने हो भने त्यसका सफलता पनि हात पर्ने निश्चित छ । चिया बेच्ने युवालाई अहिले सेवा उपलब्ध गराउन धावाधावा छ ।

तर, उनीहरुले गरिरहेको माइकिङ भने वातावरणीय दृष्टिले गलत छ । ध्वनी प्रदुषण मुख्य समस्या हो । उनीहरुले त्यसको समाधान खोज्नैपर्छ । यसैले आम बेरोजगार युवाका लागि प्रेरणा बन्ने यस्ता काम उपयोगी बन्न सक्नेछ । बेरोजगार बनेर निराश बन्ने भन्दा पनि रचनात्मक बनेर नयाँ काम थाल्नु उचित हुनेछ ।

प्रकाशित मिति : पुष १८, २०७६ शुक्रबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]