जेष्ठ ५, २०८१ शनिबार

उद्यमी नबनेसम्म डोहोर्याऔंछौं

चनिमाया तामाङ
सहजकर्ता – गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम

बिर्तामोड नगरपालिकाले तालिम दिने र छोडिदिने काम नगर्ने भन्दै नियमित निगरानीसँगै तालिमहरु सञ्चालन गरिरहेको छ । हरेक तालिममा सहभागीहरुलाई दक्ष बनाएर मात्रै छोड्ने तामाङको भनाई छ । उहाँले भन्नुभयो, तालिम लिएर उद्यमी बन्न चहानेहरुलाई कम्तिमा तीन वर्ष हाम्रो निगरानी हुनेछ ।

तीन वर्षमा उद्यमी बन्नका लागि आवश्यक एड्भान्स तालिमहरु दिई दक्ष बनाइने सहजकर्ता तामाङको भनाई छ । चालु आर्थिक वर्षमा २० जनालाई सीप स्तरोन्नति गरिदैछ । त्यसमा ११ जना ब्याग बनाउने उद्यमी रहेका छन् भने ६ जनालाई प्रविधि हस्तान्तरणको कार्यक्रममा जोडिएको छ । यस्तै, व्यवसाय नै सञ्चालन गरिरहेका ३ जनालाई ब्यूटिसियनको एड्भान्स तालिम दिएर दक्ष बनाउन लघुउद्यम विकास शाखा क्रियाशिल रहेको छ ।

नगरपालिकाले सञ्चालन गरेको तालिमबाट ६० प्रतिशतभन्दा धेरै उपलब्धी हासिल भइरहेको छ । गत वर्ष १९ जनालाई ब्याग बनाउने तालिम दिइएको थियो । त्यसमध्येबाट ११ जनाले यसै वर्ष एड्भान्स तालिम लिइरहनु भएको छ । उहाँहरु उद्यमी बन्ने गरी काम गरिरहनु भएको थियो । मेहनत गर्नेहरुका लागि थप सीप आवश्यक भएमा नगरपालिकाले उहाँहरुलाई समेटेर जाने सहजकर्ता तामाङको धारणा छ ।

नगरपालिकाले आफ्नो लगानीबाट सीप सिकाउने काम गरेपछि उद्यमी नबनेसम्म डोहो¥याइरहने रणनीति लिएको तामाङको भनाई छ । आधारभुत तालिम लिनुभएकाहरुलाई एड्भान्स तालिम पनि दिइन्छ । एड्भान्स लिएर व्यवसाय गर्नेहरुलाई आवश्यक प्रविधि हस्तान्तरणमा सहयोग समेत गर्दै आएको बुझिएको छ ।

नगरपालिकाले सञ्चालन गरेका तालिमबाट दक्ष प्रशिक्षार्थीहरुले उत्पादन गरेको वस्तु बजारमा पाउँदा खुशी लाग्ने गरेको सहजकर्ता तामाङको भनाई छ । उहाँका अनुसार बजारमा अचार, धुप, ब्याग, ढाका, कपडाहरु विक्री भइरहेका छन् । प्रशिक्षार्थीहरुले उत्पादन गरेका सबै प्रकारका सामग्रीहरु स्थानीय बजारमा बजारिकरण गर्न आवश्यक रहेको उहाँको भनाई छ । बिर्तामोडसहित नजिकका बजारहरु उद्यमीहरुको उत्पादनलाई विशेष प्राथमिकता दिनुपर्ने माग छ ।

प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]