बैशाख १७, २०८१ सोमबार

साउदीबाट बिर्तामोडका रविनको उद्धार, भोलीसम्म घर आइपुग्ने

बिर्तामोड । ‘मानसिक सन्तुलन गुमेका’ झापा बिर्तामोडका रविन खनालको उद्धार भएको छ । बिर्तामोड २ का २३ वर्षीय खनाल चैत १८ गतेदेखी मानसिक स्वास्थ्य समस्यामा थिए ।

साउदी अरवस्थित सफारी कम्पनीमा कार्यरत खनालको एक्कासी मानसिक सन्तुल गुमेपछि उद्धारको पखाईमा थिए । हप्ता दिनसम्म उद्धार हुन नसकेपछि परिवारको समेत आग्रहसहितको भिडियो इजलासले सार्वजनिक गरेको थियो । भिडियोमा उनको त्यहाँको अवस्थाबारे पनि देखाइएको थियो । भिडियो सार्वजनिक भए लगत्तै पूर्वमन्त्री अग्नी खरेलले उनको उद्धारका लागि चासो दिएका थिए ।

परिवारबाट विवरण लिई परराष्ट्र मन्त्रालयको काउन्सिलर मार्फत समन्वय गरेका पूर्व मन्त्री खरेलले खनालको टिकट भइसकेको जानकारी दिए । उनका अनुसार रविन शुक्रवार विहान १२ः१५ बजे नेपाल आइपुग्ने छन् । उनलाई घरसम्म ल्याउनका लागि काका रेवती खनालसहितको टोली काठमाडौं गएको छ ।

कम्पनीको क्वाटरमा अनौठो हर्कत सुरु गरेपछि साथीहरुले केहिदिन सम्हालेर राखेका थिए । तर, सम्हाल्नै गाह्रो हुने अवस्थामा पुगेपछि साथीहरुले परिवारलाई चाँडोभन्दा चाँडो उद्धार गर्न भनेका थिए ।

बिर्तामोड–२ बेलडाँगी दक्षिण सुकुम्बासी बस्तीका खनाल एक्लो छोरो हुन् । उनको उद्धारपछि कसरी उपचार गर्ने भन्ने बारे परिवार चिन्तित बनेको छ ।

प्रकाशित मिति : चैत्र २९, २०८० बिहीबार  ४ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]